खान नहुने भेटिएपछि ३८ लाख बराबरको छोकडा नष्ट गर्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2024 | 03:55:54 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​ले ३८ लाख ३२ हजार बराबरको छोकडा नष्ट गर्ने भएको छ। विभागले अनुगमनको क्रममा लेबल नभएको, र खान अयोग्य रहेको छोकोडा फेला पारेकोले ति छोकडा नष्ट गर्ने भएको हो ।

विभागले कालिका कुरियर्स एण्ड कार्गो सानेपा, एभ्रीटाइम फुड काँडाघारी, चोभार कोल्डस्टोर दक्षिणकाली, र बिन्दु मसला ट्रेडर्स टोखामा अनुगमन गरेको थियो । सो क्रममा कालिका कुरियर्स एण्ड कार्गोमा २४ सय किलो खान अयोग्य र लेबल नभएको छोकोडा भेटिएको विभागले जनाएको छ । त्यस्तै एभ्रीटाइम फुडमा ५४० किलो खान अयोग्य छोकोडा भेटिएको, चोभार कोल्डस्टोरमा ७ सय ५० किलो लेभल नभएको छोकोडा भेटिएको, र बिन्दु मसलामा ११ सय किलो लेबल नभएको छोकोडा भेटिएको विभागले जनाएको छ।

विभागले कालिका कुरियर्स , विन्दु मसला र एभ्रीटाइम फुडलाई ३ लाख जरिवाना गरेको छ।  




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved