आज पनि संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2024 | 09:49:30 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार प्रतिनिधिसभा बैठक बस्दै छ। बैठक बिहान ११ बजेको लागि बोलाइएको छ ।

आजको बैठकमा सभामुखले "राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०" लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। त्यसपछि उपप्रधानमन्त्री एवं गृह मन्त्री  नारायणकाजी श्रेष्ठले "राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०" प्रस्तुत गर्ने छन्।

त्यस अघि नियमित शुन्य समय र विशेष समयमा सांसदहरुले आफ्नो भनाई राख्ने छन् । पछिल्लो समय प्रतिपक्षि दलहरुले बालकुमारी घटनामा दोषी देखिएका भनिएका भौतिक पूर्वाधार मंत्रीप्र्काश ज्वालाको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved