सुवास नेम्वाङ्ग र पृथ्वीबहादुर सिंहले चुनाव जितेको स्थानमा वैशाख १५ गते उपनिर्वाचन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2024 | 01:13:03 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले आगामी २०८१ साल वैशाख १५ गते शनिवार उपनिर्वाचन गर्ने गरि मिति तोकेको छ। आयोगको आज आइतबार  बसेको वैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधिसभा सदस्य र सुदूर पश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा रिक्त प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन लागेको हो।

नेपालको संविधानको धारा ८४ को उपदफा (७) तथा धारा १७६ को उपदफा (८) बमोजिम प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको हो, सोही प्रक्रियाद्वारा उपनिर्वाचन मार्फत् पूर्ति गर्नुपर्ने व्यवस्था छ ।

संवत् २०७९ साल मंसिर ४ गतेसम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पछि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङ्गको २०८० भाद्र २६ गतेदेखि र बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको २०८० असार २५ गतेदेखि निजहरुको निधन भएको कारणले पद रिक्त रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved