सरकारले मिटरब्याज पीडितलाई वार्तामा बोलायो, सहसचिवको नेतृत्वमा टोली गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2024 | 03:48:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मिटरब्याज पीडितहरुसँग वार्ता गर्नको लागि समिति गठन गरेको छ । गृह मन्त्रालयले मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।

मन्त्रालयले पीडितहरुलाई वार्तामा आउँनको लागि पत्राचार गरिसकेको छ । मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नाममा पत्र पठाएर ५ सदस्यीय टोली गठन गरेर वार्तामा आउन भनेको छ ।

 मिटरब्याज पीडितहरुको ठूलो समूह गत बुधबार बेलुका काठमाण्डौ आइपुगेको हो।  'न्यायको लागि मार्च' भन्दै  काकडभित्ता र गड्डाचौकी नाकाबाट १६ माघमा सुरु भएको मिटरब्याज पीडितको यो मार्च २३ दिनको दिन काठमाण्डौ आइपुगेको हो। 

  माग सम्बोधन नभएसम्म पीडितहरु घर नफर्कने  प्रवक्ता निर्ग नवीनले बताएक छन्। सरकारले मिटरब्याजपीडित जाँचबुझ आयोग बनाए पनि अझै ३० हजार पीडितको समस्या नसुल्झिँदा आफूहरू न्यायका लागि यात्रा गरेर काठमाडौँ आएको मिटरब्याजपीडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए । न्याय खोज्न आएका पीडितहरू तराईका २० र भित्री मधेशका आठ गरी २८ जिल्लाका छन् । मिटरब्याजी साहुकार र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको उनले बताए। 

मिटरब्याजपीडितहरू सार्वजनिक स्थलमा वास बस्ने, खाना पकाएर खाने गर्दै निकै सकसपूर्ण रूपमा काठमान्डौ आइपुगेका हुन्।  राजधानी काठमाडौंमा केन्द्रित भएर आन्दोलन गर्न मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नेतृत्वमा दुई टोली १६ माघमा हिँडेका थिए । 

मिटरब्याज लिँदा साहुले अधिकांश पीडितको घरजग्गा दृष्टिबन्धक राखेर कब्जा गरेको पीडितको गुनासो छ । मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू अवैध घोषणा गर्दै जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने संघर्ष समितिले माग राखेको छ । त्यस्तै, मिटरब्याज अपराधसम्बन्धी शक्तिशाली कानुन निर्माण गरी पूर्णाधिकारसहितको अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने माग समितिको छ । 

यसअघि १५ दिनमा काठमाडौं पुगेर निर्णायक आन्दोलन गर्ने भनिए पनि सरकारले आयोग बनाएर त्यसलाई कम्जोर बनाइदिएको भन्दै अन्तिम लडाई भन्दै मिटरब्याज पीडित काठमाडौँ आएका हुन्। त्यतिखेर सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले हालै मात्र प्रतिवेदन बुझाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved