लगानी सम्मेलनमा ‘शो-केस’ गर्न महासंघले बुझायो ७ परियोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 01:22:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकार तेस्रो लगानी सम्मेलनमा जुटिरहेका बेला निजी क्षेत्रले पनि ‘शो–केस’का लागि केही परियोजना सुझाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीई)ले लगानी सम्मेलनका लागि ७ वटा परियोजना लगानी बोर्डमा बुझाएको छ । 

महासंघले एउटा सिमेन्ट उद्योग, २ वटा केबलकार, २ वटा जलविद्युत परियोजना, एउटा रेष्टुरेन्ट र एउटा प्राविधिक विद्यालयमा लगानी भ्त्रियाउनका लागि परियोजना बुझाएको हो ।

महासंघले अन्नपुर्ण केबलकार, जाल्पादेवी केबलकार, मध्य कालिगण्डकी जलविद्युत परियोजना, टिप्ल्याङ कालिगण्डकी जलविद्युत परियोजनालाई लगानी सम्मेलनमा प्रस्तुत गर्न सुझाएको लगानी बोर्ड स्रोतले जनाएको छ । यस्तै,  भक्तपुर आइसल्याण्ड रिसोर्ट एण्ड वाटरल्याण्ड र काठमाडौं टेक्निकल स्कुलमा पनि लगानी भित्र्याउन प्रस्ताव गरेको । 

यस्तै आईएमई सिमेन्टलाई पनि लगानी सम्मेलनमा प्रस्तुत गर्न महासंघले बोर्डमा प्रस्ताव गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved