उपनिर्वाचनमा उम्मेदवार बन्न सुहाङले दिए निवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 01:12:41 PM मा प्रकाशित

laxmi  sunrise bank

उपनिर्वाचनमाका लागि उम्मेदवार बन्न सुवास नेम्वाङ पुत्र सुहाङ नेम्वाङले निवेदन दिएका छन् । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न उनले पार्टि कार्यलयमा निवेदन दिएका हुन् । 

उनले नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न निवेदन दिएका हुन्।

पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले पनि उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन् । एमालेको इलाम जिल्ला कमिटीले उम्मेदवार चयन गर्न अध्ययन कार्यदल गठन गरेको छ ।

उम्मेदवार बन्न सुहाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल र देवी क्षेत्री दुलालले निवेदन दिएका छन् । यी सूची आगामी ३ चैतभित्र जिल्ला कमिटीमा पेश गर्ने कार्यसूची छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved