प्रचण्डद्वारा मन्त्रिपरिषद विस्तार, मातृका यादवलाई हराएका कार्की बने मन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 02:56:22 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता समाजवादी पार्टीका नेता दीपक कार्की राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । 

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले दीपक कार्कीलाई राज्यमन्त्री पदमा नियुक्त गरी वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी कार्यभार तोकेका हुन् । हाल वन तथा वातावरण मन्त्री जसपा कै नेता नवल किसोर साह सुडी छन् । 

कार्की धनुषा-१ बाट निर्वाचित सांसद हुन् । उनले नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मातृका यादवलाई पराजित गरेका थिए।

कार्की राज्य मन्त्री बनेसंगै मन्त्रिपरिषद २३ सदस्यीय बनेको छ । प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरि कुल २५ जनासम्म मन्त्री हुन सक्ने व्यवस्था रहेकोले प्रधानमन्त्रीले अझै २ राज्यमन्त्री नियुक्त गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved