काठमाडौँका ड्राइभिङ सेन्टरमा प्रहरीको छापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2024 | 05:57:44 PM मा प्रकाशित

काठमाडौँ उपत्यकामा सञ्चालित १४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीले छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले १४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको हो 

अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार ब्लुबुक नभएका, नवीकरण नगरेका सवारी साधनमार्फत सिकारुलाई ड्राइभिङ सिकाउने गरिएको पाइएपछि छापा मारिएको हो । प्रहरीले एकैदिन १४२ वटा ड्राइभिङ स्कुलमा छापा मारेको उनको भनाइ छ ।

यसरी छापा मार्ने क्रममा ड्राइभिङ स्कुलहरुले सिकारुलाई सिकाउँदा प्रयोग गर्ने सवारी साधनहरूको कागजपत्र नभेटिएको, नवीकरण नगरेको अवधि ५ वर्ष नाघेको भेटिएको छ । एसपी रेग्मीका अनुसार विभिन्न ड्राइभिङ स्कुलबाट कागजात नभेटिएका र नवीकरण फेल भएका २१ वटा गाडी, २० वटा मोटरसाइकल र २७ वटा स्कुटर कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइएको छ ।

यसबारे आइतबार मात्रै बिजपाटीले ड्राइभिङ सेन्टरहरुमा ‘ब्रह्मलुट’, सरकारी अड्डा नै ‘निरिह’ शीर्षकको समाचार लेखेको थियो । उक्त समाचारमा ड्राइभिङ स्कुलहरुले ब्लुबुक नभएका र नवीकरण फेल भएका सवारी साधन प्रयोग गरेर सिकारुलाई सिकाउने गरेको उल्लेख थियो ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved