गरिबको ‘ढाड’मा बजारियो बालेनको ‘लौरो’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 03, 2022 | 01:12:00 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उम्मेदवारीबाट काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित र्भका बालेन्द्र (बालेन) साह अहिले आलोचित बनेका छन् । दलहरुबाट वाक्क भएर स्वतन्त्र उम्मेदवारलाई महानगरको मेयरमा जिताएका महानगरबासीले नै अहिले बालेनको आलोचना सुरु गरेका छन् ।

चुनावी अभियानमा बालेनको एउटा र्याप निकै चल्यो । ‘बलिदान’ शीर्षकको उक्त र्यापमा चर्चित गीत ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन’लाई बालेनले कोरसका रुपमा उतारेका थिए । 

तर, बालेन मेयरमा निर्वाचित भएपछि महानगरले गरिबमाथि प्रहार थालेको छ । महानगरले भिख माग्न नपाउने सूचना नै निकाल्यो । यो कदमको स्वागत नै भएको छ । किनकी, काठमाडौँका व्यस्त ठाउँमा भिख माग्न बस्नेहरु नेपाली मूलका छैनन् ।

शुक्रबारको एउटा घटनाले भने मेयर बालेन निकै आलोचित बनेका छन् । बालुवाटार क्षेत्रमा ठेलामा मकै बेच्दै गरेकी महिलामाथि महानगर प्रहरीले ज्यादती गर्यो । लछापछार गरेर मकै र ठेला कब्जामा लियो । समाजिक सञ्जालमा महानगर प्रहरीको यो ज्यादतीको भिडियो भाइरल भयो ।

फुटपाथमा ब्यापार गर्न पाइँदैन भनेर नगर प्रहरीले बेचिरहेको हरियो मकैसहित ठेला उठाएर गाडीमा हाल्न खोज्छन् । ती सिन्धुपाल्चोक घर भएर लामो समयदेखि मकै बेचेरै बालबच्चा हुर्काइरहेकी ती महिला नगर प्रहरीका सामू हात जोड्छिन्, विन्ती गर्छन्, अनेक अनुनय विनय गर्छिन् । आधा मकै बाटोभरी असरल्ल छरिन्छन् ।

ती महिलाका श्रीमान गाडा र मकै छुटाउन नगर प्रहरीको गाडीको पछि पछि दौडिन्छन् । तर, त्यो सम्भव हुँदैन । गरिबको सामान उठाएकोमा गर्वानुभूति गर्दै नगर प्रहरी हुईकिन्छन् । 

महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा फुटपाथ र सडकमा सामान नबेच्नु भन्दाभन्दै सडकमा ठेला राखेर ब्यापार गर्दा जुनसुकै बेला जफत बताउँछन् ।

बालेन काठमाडौँको मेयरको स्वतन्त्र उम्मेदवार भएर पनि चुनाव जितेका व्यक्ति हुन् । उनको दल छैन, उनलाई दलको ह्वीप लाग्दैन, निर्देशन लाग्दैन । त्यसैले पनि उनीबाट धेरैले अपेक्षा गरेका थिए, गरेका छन् । 

चुनावी दौरानमा बालेन शाहको चुनाव चिन्ह थियो ‘लौरो’ । शुक्रबार महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पत्तिमाथि महानगर प्रहरीले ज्यादती गरेपछि बालेनको लौरो गरिबको ढाडमा बजारिएको भन्दै आलोचना भईरहेको छ ।

थप कारबाही

यी निमुखा दम्पत्तीमाथि महानगरको नगर प्रहरीले थप कारबाही गर्ने भएको छ । उनीहरुले नगर प्रहरीले घुस मागेको आरोप लगाएको र अगुल्टोले हानेको भन्दै नगर प्रहरीले थप कारबाही गर्ने बताएको हो ।

बुधबार घुस माग्न आएपछि आफूले नगर प्रहरीलाई अगुल्टोले हानेको सीता आचार्यले नै भनेकी छिन् ।

‘सरकारी कर्मचारीमाथि सडकमै हातपात भएको छ, हातपात गर्ने उनीहरुलाई कारबाही नगरेर के नमस्कार गर्नु पर्ने त ?’  नगर प्रहरी प्रमुख सापकोटाले कारबाही गर्ने संकेत गर्दै भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved