परिसंघका अध्यक्ष भन्छन्, ‘मौद्रिक नीतिका कारण यो वर्ष उद्योगीका लागि चूनौति थपियो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2022 | 07:16:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विष्णु अग्रवालले मौद्रिक नीतिका कारण यो आर्थिक वर्ष उद्योगीका लागि चूनौतिको वर्ष हुने बताएका छन् । 

चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका सम्बन्धमा बिजपाटीसँग प्रारम्भिक प्रतिक्रिया दिँदै उनले बैंकको ब्याजदर बढाउने र बजारमा पैसाको चलायमान खुम्च्याउने खालको मौद्रिक नीति आएको बताएका हुन् । यसले उद्योगीका लागि चालु आर्थिक वर्ष चूनौतिको वर्ष हुने बताएका हुन् ।

उत्पादनमूलक क्षेत्र र अन्य क्षेत्रमा प्रवाह हुने कर्जामा फरक फरक ब्याजदरको नीति औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्ने खालकै भएको भन्दै अध्यक्ष अग्रवालले यो सकारात्मक भएको बताए ।

उनले कृषि क्षेत्रमा अधिकतम् २ प्रतिशत थप मात्रै प्रिमीयम थप गर्न पाउने व्यवस्था कृषि क्षेत्रका लागि उत्साहित गराउने खालको भएको पनि बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved