बेसमेन्टमा मृत भेटिए अर्बपति दम्पति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2017 | 02:18:50 PM मा प्रकाशित

laxmi  sunrise bank

क्यानडामा एक अर्बपति र उनकी श्रीमती मृत भेटिएका छन्। व्यापारी शेरम्यान विशाल औषधी कम्पनी 'एपोटेक्स'का संस्थापक र अध्यक्ष थिए। प्रहरीले उनीहरुको मृत्युलाई शंकास्पद भनेको छ। उनीहरुको शव तल्लो तला (बेसमेन्ट)मा फेला परेको बताइएको छ। एपोटेक्सका औषधी संसारभर बेचिन्छन्। 

व्यापारी शेरम्यान क्यानडाका धनीहरुमध्ये एक थिए र प्रख्यात परोपकारी पनि थिए। प्रहरीले घटना लगत्तै केही विवरण दिए पनि उनीहरुको परिचय खुलाएको थिएन। तर स्थानीयबासी, मित्रहरु र एपोटेक्सका अधिकारीहरुले स्तब्ध भएका समाचारहरु सामाजिक सञ्जालमा राखेका थिए।

एपोटेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ- "हामी सबै स्तब्ध र दुखी भएका छौं।" उनीहरुका चार छोराछोरी छन्। एपोटेक्स सन् १९७४ मा स्थापना भएको थियो र एपोटेक्सकै अनुसार अहिले संसारमा उ सातौं ठूलो औषधी निर्माता कम्पनी हो। फोर्ब्स म्यागेजिनले शेरम्यानको व्यक्तिगत सम्पत्ति ३.२ अर्ब डलर रहेको बताउँछ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved