होंडूरसमा गयो ७.८ रेक्टर स्केलको भूकम्प, ठुलो क्षतिको आशंका

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 10, 2018 | 03:52:10 PM मा प्रकाशित

laxmi  sunrise bank

होंडूरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा मङ्गलबार राति ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट मानवीय तथा भौतिक क्षति भएको अनुमान गरिएको भए पनि विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

यस भूकम्पको केन्द्रविन्दु ग्रेट स्वान द्वीपबाट करिव ४४ किलोमटिर पूर्वमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ।  होंडूरसको सङ्कटकालीन व्यवस्थापन निकाय (सिओसिइसिओ) ले तीनवटा विभिन्न तटीय जिल्लालाई लक्ष्यगरी सुनामीको चेतावनी समेत दिएको छ।  

युएसजिएसका अनुसार स्थानीय समय अनुसार मङ्गलबार राति १०ः५१ मा सो भूकम्प गएको थियो । रातिको समयमा गएको यस भूकम्पबाट नागरिकमा ठूलो त्रास छाएको बताइएको छ ।

मेक्सिको, जमाइका, हन्डुरस क्युबा, कोस्टारिका र यसको वरिपरिका क्षेत्रमा पनि उक्त भूकम्पपछि सुनामीको चेतावनी दिइएको बताइएको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved