काश्मिर घटनाको बिरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2019 | 10:58:06 PM मा प्रकाशित

laxmi  sunrise bank

युवाहरुको एक समुहले काठमाडौंस्थित पाकिस्तानी दुतावास अगाडी सोमबार प्रदशन गरेका छन। ४२ जना भारतीय सेनाको हत्या हुनेगरि काश्मिरमा भएको एक घटनाको जिम्मेवार ठहर्याउदै उनीहरुले पाक्सितानी दुतावास अगाडी प्रदशन गरेका हुन। 

प्रदशनमा सहभागीहरुले गौतम बुद्धको तस्बिरसहितको पर्चा र पम्प्लेट बोकेर कुनै पनि हिंसाका घटनालाई कसैले पनि बढावा दिन नहुने माग गरेका थिए। उनीहरुले पाकिस्तानलाई आतंकवादलाई प्रश्रय नदिन आग्रह गर्दै भारतको कश्मीरस्थित पुलवामामा भएको आत्घाती आक्रमणको निन्दा गरेका छन।   

पाकिस्तानी भूमिमा बसेर संगठन संचालन गरिरहेको जैसे मोहम्मदले उक्त घटनाको जिम्मा लिएको छ। जैसे मोहम्मदले काश्मिरमा भारतको साशन रहंदासम्म भारत बिरुद्द लडाई जारि रहने बताउदै आएको छ।   

विवादित काश्मिरको भूभागमा ४२ जना भारतीय सेना मारिने गरि भएको बम ब्लास्टपछि भारतले पाकिस्तानलाई उक्त घटनाको जिम्मेवार ठहर्याएको छ। यद्दपी पाकिस्तानले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै आएको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved