अर्बपतिको मुलुकमा पहिलो बन्यो अमेरिका, कुन देश कुन स्थानमा ? (सुची सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 01:50:48 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वमा दुई हजार ६०४ जना अर्बपति रहेको तथ्यांकले देखाएको छ। उत्तर अमेरिकामा मात्रै अर्बपतिको संख्या बढ्दो क्रममा रहेको वेल्थ एक्स बिलिनियर २०१९ को प्रतिबेदनमा उल्लेख छ। 

बिश्वका अन्य मुलुकहरुमा सन २०१८ मा अर्बपतिको संख्या ५।४ प्रतिशतले घट्दा अमेरिकामा भने ४ प्रतिशतले बढेको छ। अमेरिकामा सन २०१८ मा ६८० जना अर्बपति रहेकोमा सन २०१९ मा यो संख्या ७०५ पुगेको छ। त्यस्तै २८५ अर्बपति सहित चीन धेरै अर्बपति हुनेको सुचिमा दोस्रो स्थानमा परेको छ। 

सम्पती ५ प्रतिशतले घटेपनि अन्य मुलुकको तुलनामा अमेरिकाका अर्बपतिको सम्पति धेरै रहेको प्रतिबेदनले देखाएको छ। चीन, जर्मनी, रसिया, बेलायत, हंगकंग, भारत र साउदी अरबका अर्बपतीसंग गरि कुल २९०० खर्ब रुपैयाँ रहेको छ भने अमेरिकाका अर्बपतिसंग मात्रै ३०० खर्ब सम्पति छ।     

अस्थिर विश्व बजार, घट्दो अन्तराष्ट्रिय ब्यापार जस्ता कारणले अर्बपतिको सम्पती ७ प्रतिशत अर्थात ८६ खर्बले घटेको प्रतिबेदनमा छ। प्रतिबेदनमा अन्य मुलुकको भन्दा अमेरिकाका अर्बपतिको सम्पति वृद्धिको चार्ट राम्रो रहेको उल्लेख छ।   

१०.युनाइटेड अरब इमिरेट्स 

अर्बपतिको संख्या: ५५ 

कुल सम्पति: १६ खर्ब ५० अर्ब 

१०.फ्रान्स

अर्बपतिको संख्या: ५५ 

कुल सम्पति: १६ खर्ब ५० अर्ब  

९.साउदी अरब 

अर्बपतिको संख्या: ५७ 

कुल सम्पति: १४ खर्ब ७० अर्ब 

८।भारत 

अर्बपतिको संख्या: ८२ 

कुल सम्पति: २८ खर्ब ४० अर्ब 

७.हंगकंग 'चीनबाट नियन्त्रित'

अर्बपतिको संख्या: ८७ 

कुल सम्पति: २५ खर्ब ९० अर्ब 

६।स्विट्जरल्यान्ड 

अर्बपतिको संख्या: ९१ 

कुल सम्पति: २४ खर्ब 

५। बेलायत 

अर्बपतिको संख्या: ९७ 

कुल सम्पति: २० खर्ब ९ अर्ब 

४। रुस 

अर्बपतिको संख्या: १०२ 

कुल सम्पति: ३५ खर्ब ५० अर्ब 

३.जर्मनी 

अर्बपतिको संख्या: १४६ 

कुल सम्पति: ४४ खर्ब २० अर्ब 

२।चीन 

अर्बपतिको संख्या: २८५ 

९९ खर्ब ६० अर्ब 

१.अमेरिका 

अर्बपतिको संख्या: ७०५ 

कुल सम्पति: ३००० खर्ब 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved