हजारौ नेपाली कामदार पुगेको यो देशको तापक्रम ६३ डिग्री पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 09:05:13 PM मा प्रकाशित

laxmi  sunrise bank

कुवेतमा पृथ्वी कै अधिकतम तापक्रम रेकर्ड भएको छ । कुवेतमा गत हप्ता तापक्रम ६३ डिग्रीसम्म पुगेको हो । 

गल्फन्युजका अनुसार त्यहाको तापक्रम छायाँमा ५२.२ डिग्री र घाममा ६३ डिग्रीसम्म पुगेको हो । त्यस्तै साउदी अरेबियामा तापक्रम ५५ डिग्री र इराकको तापक्रम ५५.६ डिग्री पुगेको गल्फन्युजले उल्लेख गरेको छ । 

समाचारमा जनाईए अनुसार कुवेतको तापक्रम अर्को महिनासम्ममा ६८ डिग्रीसम्म पुग्ने मौसमविदको  अनुमान छ । त्यस्तै युएईमा तापक्रम ४८ डिग्रीसम्म पुग्ने उल्लेख छ । साउदी, इराक, युएई, कुवेत लगायतका देशमा ठुलो संख्यामा नेपाली कामदारहरु छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved