एनजीओलाई पुँजीबजारमा भित्र्याउन भारतमा नयाँ स्टक एक्चेन्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 06:48:30 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा नयाँ स्टक एक्चेन्जको प्रस्ताव गरिएको छ। भारतकी प्रथम महिला अर्थमन्त्री निर्मला सीतारमणले नयाँ आर्थिक बर्ष बजेट पेश गर्दै सामाजिक स्टक एक्चेन्ज खोल्ने प्रस्ताव गरेकी हुन्। हालै चुनाव जितेर दोस्रो कार्यकाल सम्हालेको नरेन्द्र मोदी नेतृत्वको सरकारको यो पहिलो बजेट हो।

बजेटमा अर्थमन्त्री सीतारमणले  सामाजिक क्षेत्रमा काम गर्ने संस्थाहरुलाई सुचिकृत गर्न नयाँ स्टक एक्चेन्ज प्रस्ताव गरेकी हुन् । जस अनुसार सामाजिक कार्य गर्ने संस्थाहरुले आफुलाई आवश्यक पर्ने पुंजी शेयरबजार मार्फत उठाउन सक्ने छन् । नयाँ स्टक एक्चेन्जलाई पनि भारतीय प्रतिभूति एवं विनिमय बोर्ड (सेबी) ले नियमन गर्ने उल्लेख छ । यसमा सुचिकृत हुन आउने संस्थाहरुले सामाजिक संगठन इक्विटी, बोन्ड र म्यूचुअल फंड जारि गरेर आफुलाई आवश्यक पुँजी जुटाउन सक्ने छन् । 

सामाजिक क्षेत्रमा काम गर्ने एनजीओहरु बाहेक यस एक्चेन्जमा सामजिक क्षेत्रमा काम गर्ने अन्य इच्छुक संस्थाहरु पनि आउँन सक्ने छन् । यस्तो खालको सामाजिक स्टक एक्चेन्ज यूके, क्यानडा, सिंगापुर, दक्षिण अफ्रीका, ब्राजील, जमैका र केन्या लगायतका देशमा सफलता पुर्वक संचालन भईरहेको छ ।

यो पनि : 

भारतमा नयाँ बजेट: नेपालमा के सस्तिन्छ ? के महंगीन्छ ?


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved