कोरोना भाइरसको कारण १७० को मृत्यु, पूरै विश्व सावधान हुन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 09:01:09 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ भने सङ्क्रमितहरूको सङ्ख्या ७ हजार छ। सङ्क्रमित प्रत्येक पाँच जनामध्ये एक जनामा न्युमोनियाजस्ता गम्भीर समस्या देखिएका छन्। चीनबाहिर १६ देशमा यसको सङ्क्रमण पाइएको छ। यो कोरोनाभाइरस सङ्क्रमणको कुनै स्पष्ट उपचार वा खोप छैन। तर कैयौँ मानिसहरू उपचारपछि निको भएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ। उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ। बिहीवार डब्लुएचओले यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भनी फैसला गर्न बैठक डाकेको छ। गत साताको बैठकमा उसले त्यस्तो घोषणा गरेको थिएन।


कतिपय देशले भने चीनको अति प्रभावित क्षेत्रबाट आफ्ना नागरिक स्वदेश फर्खाउँ थालेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved