एयर इन्डिया एक्सप्रेसको एक वीमान केरलाको कोझीकोड विमानस्थलमा दुर्घटना भएको छ। दुबईबाट आएको उक्त जहाजमा चालक दलका सदस्य समेत गरि १९१ जना सवार रहेको एएनआईले जनाएको छ।
यात्रुहरुमा १० बालक र चालक दलका ७ सदस्य रहेको जनाइएको छ। भारतको नागरिक उडड्यन मन्त्रालयको बयान अनुसार उक्त दुर्घटना बेलुका ७ बजेर ४१ मिनेट जाँदा भएको हो।
विमान अवतरण हुँदै गर्दा रनवेबाट आगो निकलेपनि विमानमा आग लागि नभएको बताइएको छ। मन्त्रालयकाअनुसार राहतकार्य जारि छ। घाइतेहरुलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ। भारतका केन्द्रिय मन्त्री अमित शाहले यस दुर्घटनाप्रति दुख व्यक्त गर्दै ट्विट मार्फत उद्धार टिमलाई तत्कालै घटनास्थलमा जानलाई निर्देशन दिएका छन्।
दुर्घटनाको समय भिजिबिलिटी कम भएको र भारि बर्षा भएको नागरिक उड्डयन निदेशालय ९डीजीसीए० लाई उद्र्त गर्दै बिबिसीले लेखेको छ रनवेबाट जहाज चिफ्लिएपछि दुर्घटना भएको र विमान दुई टुक्रा भएको संचार माध्यमले जनाएका छन्। यस घटनामा धेरै जना घाइते भएका छन् भने एक पाइलट र तीन यात्रूको मृत्यु भएको आजतकले स्रोतलाई उद्र्त गर्दै समाचार लेखेको छ।
केरलामा हिजोआज भारि बर्षाका साथै बाढी आएकाले जमिनको सतह फाट्ने घटना बढेको जनाइएको छ।