बिहारको विधान सभाभित्रै पसेर प्रहरीले सांसद कुटेपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2021 | 02:32:13 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत बिहारको विधान सभामा विपक्षी दलका सांसदहरू प्रहरीबाट निर्घात कुटिएका छन् । समाचार संस्था एनडिटिभीले जनाए अनुसार मंगलबार लोकसभाको बैठक चलिरहेको अवस्थामा विपक्षी दलका सासंदहरू प्रहरीबाट कुटिएका हुन् ।

प्रहरीले सासंदहरूलाई कुटेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेका छन् । 

कारण के ?

विहारमा जनता दलका नितिश कुमारको सरकार छ । सरकारले विधानसभामा पेश गरेको नयाँ प्रहरी विधेयकको विषयमा विवाद भएपछि यो अवस्था सिर्जना भएको बताइन्छ । विहार विशेष सशस्त्र पुलिस विधेयक २०२१ को विषयमा केही दिनयता विपक्षी दलहरूले विरोध गर्दै आएका थिए । 

मंगलबार साँझ उक्त विधयेक सभाबाट बहुमतले पास गरेपछि विपक्षी दल राष्ट्रिय जनता दल (आरजेडी) ले सदन बाहिरै नाराबाजी लगाएको थियो । पास भएको विधेयकले प्रहरीलाई पक्राउ पुर्जी बिना नै जो कोहीलाई समातेर हिरासतमा राख्ने अधिकार दिने एनडिटिभीले जनाएको छ ।

आरजेडीका एक विधायकले सभामुख विजयकुमार सिन्हाको कुर्सी अगाडी राखिएका कागजातहरू च्यातेका थिए । उनीहरुले सभामुखलाई चेम्बरमै घेराबन्दी गरेका थिए । आरजेडीका सासंद तेजस्वी यादवले मंगलबार कालो दिन भएको बताएका छन् । 

बिबिसी हिन्दीका अनुसार महिला विधायकसहित १२ जना घाइते भएका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved