विवाहको २७ वर्षपछि सम्बन्धविच्छेद गर्ने निर्णय, के हुन्छ अरबौं राशि भएको फाउन्डेसनको भविष्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 11:25:35 AM मा प्रकाशित

laxmi  sunrise bank

संसारको सबैभन्दा ठूलो परोपकारी कोष स्थापना गरेका जोडी बिल र मेलिन्डा गेट्सको दम्पतीले विवाहको २७ वर्षपछि छुट्टिने निर्णय गरेका छन्।एउटा संयुक्त विज्ञप्तिमा उनीहरूले आफ्नो संस्थाका लागि भने मिलेर काम गर्ने जनाएका छन्।

माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष गेट्स विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक हुन्। उक्त जोडीले धेरै विचार गरेर र आफ्नो सम्बन्धमा धेरै परिश्रम खर्चेर विवाह अन्त्य गर्ने निर्णय गरेको सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन्।

गेट्स दम्पतीले किन गरे सम्बन्ध विच्छेद ?

उनीहरूको पहिलो भेट सन् १९८० को दशकमा भएको थियो जुन बेला मेलिन्डा बिलको फर्ममा आबद्ध भएकी थिइन्। उनीहरूका तीन सन्तान छन्।

उनीहरू संयुक्त रूपमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन सञ्चालन गर्छन्। उक्त संस्थाले सङ्क्रामक रोगको नियन्त्रण र बालबालिकाको खोपलाई प्रोत्साहन गर्ने जस्ता परोपकारी कामका लागि अर्बौँ डलर खर्च गरेको छ।

वारेन बफेटसहित गेट्स दम्पती ुगिभिङ प्लेजुमा पनि आबद्ध छन् जसले अर्बपतिहरूलाई आफ्नो धनको ठूलो हिस्सा असल कामहरूका लागि उपलब्ध गराउन प्रतिबद्धता जनाउन अनुरोध गर्ने गर्छ।

फोर्ब्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी व्यक्ति हुन् उनको सम्पत्ति १२४ अर्ब डलर रहेको छ।सन् १९७० को दशकमा आफू सहसंस्थापक रहेको फर्म माइक्रोसफ्टबाट उनले उक्त सम्पत्ति कमाएका हुन्। माइक्रोसफ्ट विश्वकै सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी हो।

उक्त दम्पतीले आफ्नो सम्बन्धविच्छेदको घोषणा ट्विटरबाट गरेका थिए।

"विगत २७ वर्षमा हामीले तीन अद्‌भुत सन्तानहरू हुर्काएका छौँ र संसारभरिका मानिसहरूलाई स्वास्थ्य र उत्पादनशील जीवन बाँच्न सक्षम तुल्याउने एउटा कोष बनाएका छौँ। हामी हाम्रो उद्देश्यमा एकै ठाउँमा छौँ र उक्त कोषमा मिलेर काम गर्नेछौँ। तर जीवनको अबको चरणमा जोडीका रूपमा आफ्नो प्रगति हुन नसक्ने हाम्रो विश्वास छ" उनीहरूले भनेका छन्।

उक्त जोडीले नयाँ जीवनमा अघि बढ्न लाग्दा आफ्नो परिवारको गोपनीयतालाई सम्मान गर्न भनेको छ।

के हुन्छ बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन ?

बिल र मेलिन्डा गेट्सको दम्पतीले विवाहको २७ वर्षपछि छुट्टिने निर्णय गरेसंगै विश्वभर स्वास्थ्य, शिक्षा, विकास, मौसम परिवर्तन, र हालै महामारीको रुप लिएको कोभिड १९ काम गरिरहेको करोडौ रुपैयाँ बजेट भएको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। गेट्स दम्पतीले सन् २००० मा यो संस्थाको स्थापना गरेका थिए। 

बैवाहिक सम्बन्धबाट अलग्गिने निर्णय गरेकाले यो फाउन्डेसन दुवैले मिलेर चलाउँछन् वा अलग अलग रुपमा चलाउँछन् वा कुनै एकले आफ्नो हिस्सा लिएर जान्छन भन्ने प्रश्न यथावत छ। यद्दपी एउटा संयुक्त विज्ञप्तिमा उनीहरूले आफ्नो संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनको लागि मिलेर काम गर्ने बताएका छन्। 

हालै मात्र यस फाउन्डेसनले कोभिडको महामारीमा उपचारको लागि १।७५ बिलियन अमेरिकी डलर अर्थात झन्डै २ खर्ब ६ अर्ब ७० करोड रुपैयाँ बराबरको राशि खर्चिने घोषणा गरेको थियो। यस मध्येको करिब ५८ करोड रुपैयाँ यस फाउन्डेसनले जर्मनीको बायोटेक कम्पनी बायोएनटेक कम्पनी, जसले फाइजर अर्थात जसले कोरोनाको खोप आधिकारिक रुपमा बनाउनलाई सबैभन्दा पहिले मान्यता पाएको थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved