१० दिनभित्र नेपाललाई लिक्विड अक्सिजन उपलब्ध गराउने भारतीय राजदुतको प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2021 | 09:48:33 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले नेपाललाई लिक्विड अक्सिजन दिने प्रतिबद्धता जनाएको छ। कोरोना संक्रमितको सङ्ख्या बढ्दै गर्दा अक्सिजनको अभाव भएपछि भारतले नेपाललाई लिक्विड अक्सिजन आपूर्तिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको हो। 

नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले भर्चुअल मार्फत आयोजना गरिएको कार्यक्रममा बोल्दै आगामी आठ देखि दश दिन भित्र नेपालमा लिक्विड अक्सिजन आपूर्ति गर्ने प्रतिबद्धता जनाएका हुन्। 

कोभिड १९ को यो कठिन परिस्थितिमा नेपाललाई आफ्नो साथ सहयोगलाई निरन्तरता दिईरहेका छौं, यसलाई निरन्तरता दिने क्रमलाई जारी राखेर नै भारतले नेपाललाई २३ लाख डोज कोरोनाको खोप कोभीशिल्ड दिएको हो, आगामी ८ देखि १० दिन भित्र लिक्विड अक्सिजन पनि नेपाललाई उपलब्ध गराउछौं राजदुत क्वात्राले भने। 

मारवाडी समुहसँग सम्बन्धित जैन समुहद्वारा काठमाडौंमा निर्माण गरिएको एक आइसोलेसन सेन्टरको उद्घाटन सत्रमा बोल्दै राजदुत क्वात्राले व्यक्ति, समुदाय र राज्य एक भएर काम गरेमा मात्र अहिलेको कठिन परिस्थितिसँग लड्न सकिने बताए। 

यो काठमाडौंको अग्रवाल भवनमा आइसोलेसन सेन्टर तयार गरिएको छ। प्रत्येक कोठामा २ जना अटाउने गरि ९० बेड क्षमताको रहेको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved