बेलायती प्रधानमन्त्री जोनसनले दिए राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2022 | 05:43:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । 

समाचार संस्था रोयटर्सका अनुसार उनले आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जनाभन्दा बढीले राजीनामा दिएपछि राजीनामा दिएका हुन् । 

जोनसनको राजीनामासँगै अब बेलायतमा सत्तारूढ कन्जरभेटिभ पार्टीले नयाँ नेता चुन्नेछ।

सन् २०१९ मा भएको संसदीय चुनावमा कन्जरभेटिभ पार्टीले तल्लो सदन हाउस अफ कमन्समा बहुमत ल्याएको थियो। ६५० सिटमध्ये ३६५ सिट जितेको कन्जरभेटिभ पार्टीले एक्लै बहुमतको सरकार बनाउन सक्छ।

तर, कन्जरभेटिभ पार्टीको नेता छान्न समय लाग्ने भएकाले नेता नछानिउन्जेल जोनसन नै प्रधानमन्त्री हुने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved