मन्त्री निकट महिलाको घरमा ३० करोड भेटिएपछि राजनीति तरङ्गित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2022 | 09:21:19 AM मा प्रकाशित

laxmi  sunrise bank

गैरकानुनी रुपमा आर्जन गरेको धन कहाँ कसरी राखिन्छ भन्ने कुराको उदाहरण भारतको एउटा घटनाले देखाएको छ। भारतका उद्योगमन्त्री पार्थ चटर्जीका नजिकका कार्यकर्ता अर्पिता मुखर्जीको घरमा ईडीले छापा हानेर ३० करोड रुपैयाँ नगद बरामद गरेपछि यो घटना बाहिर आएको हो।     

अर्पिता मुखर्जीको फ्ल्याटबाट २१ करोड भारु भन्दा बढी रकम भेटिएको त्यहाँका संचारमाध्यमले जनाएका छन्। यो रकम बोरामा भरेर दराज मा राखिएको अवस्थामा भेटिएको हो। यति ठुलो रकम भेटीएपछि अर्पिता पक्राउ परेकी छन्।   

भारतको पश्चिम बंगालमा शिक्षा भर्ती घोटालाबाट यति ठुलो रकम संकलन भएको आशंका गरिएको छ। घोटालाको अनुसन्धानलाई नजिकबाट हेरिरहेको र समय आएपछि प्रतिक्रिया दिने टीएमसीले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्दपी यस घोटालाबाट मन्त्रीको पार्टी टीएमसीले भने आफूलाई अलग गरेको छ ।  

पश्चिम बंगालको बीजेपीले भने घोटालाई ठूलो मुद्दा बनाएको छ । बीजेपी नेता शुभेन्द्र अधिकारीले ट्वीट गर्दै लेखेका छन्, ‘अर्पिता मुखर्जीको घरमा ३० करोड भेटिएको छ, उनी पश्चिम बंगालका शिक्षामन्त्री पार्थ चटर्जीका नजिकका व्यक्ति हुन् ।’

अर्पिताको घरमा करोडौं नगद भेटिएपछि पश्चिम बंगालको राजनीतिमा तरङ्ग पैदा भएको छ।

यस घटनापछि ममता बेनर्जी सरकारको दुई नम्बरमा रहेका उद्योगमन्त्री चटर्जीलाई पक्राऊ गरिएको छ। उनको पक्राऊ भन्दा पनि उनी निकट व्यक्तिको घरबाट यति ठुलो रकम भेटिएको घटना भारतीय संचार माध्यममा चर्चाको बिषय बनेको छ। पार्थ चटर्जी तृणमूल कांग्रेसका महासचिव पनि हुन्।   

यो घटना बाहिर आएपछि अर्पिता र मन्त्री पार्थ चटर्जीबीचको सम्बन्ध के थियो भन्नेबारे पनि टिकाटिप्पणी हुन थालेको छ। 

फिल्ममा काम गर्थिन अर्पिता 

अर्पिता के गर्थिन भन्ने सबैको चाँसोको बिषय बनेको छ। तर अर्पिताले आफु एक नायिका भएको र अभिनय क्षेत्रमा काम गर्दै आएको बताउदै यो आम्दानिको स्रोत पनि अभिनय भएको अनुसन्धानको क्रम मा उनले बताएकी छन। 

अर्पिताले सन् २००५ मा मोडलिङ मार्फत आफ्नो करियर स्रुरु गरेकी थिन। त्यस पश्चात उनले बंगला र उडिया फिल्ममा पनि काम गरेको बताएकी छन्। 

उनले 'मामा-भाग्ने (मामा भांजा)' र देव अभिनीत 'पार्टनर' मा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। त्यस्तै सन् २००८  मा आएको   'पार्टनर' उनको पहिलो फिल्म थियो। अर्पिताले नेलपोलिस लगायत केहि क्षेत्रका बिज्ञापनमा पनि काम गरेकी छन्।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved