भारतीय बजेट: नेपाल र श्रीलंकालाई दिने सहयोग घटायो, भुटान र माल्दिभ्सको बढायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 02:04:24 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले नेपाललाई दिने सहयोग घटाएको छ ।  भारतीय वित्त मन्त्री निर्मला सितारमणले आज भारतको आर्थिक वर्ष २०२३/२४ को वार्षिक बजेट पेश गरेकी हुन्। जसमा भारतले नेपाललाई दिने सहयोग कटौती गरिएको हो ।

यस वर्ष भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने उल्लेख गरेको छ , जुन अघिल्लो वर्षको तुलनामा २ अर्ब कम हो। गत वर्ष भारतले नेपाललाई ७ अर्ब ५० करोड दिने उल्लेख गरेको थियो । तर  ४ अर्ब २५ करोड मात्र दिएको थियो ।

भारतले भुटानलाई सबैभन्दा धेरै २४ अर्ब दिने भएको छ । त्यस्तै मोरिससलिई ४ अर्ब ६० करोड, माल्दिभ्सलाई ४ अर्ब, म्यान्मारलाई ४ अर्ब, अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई २ अर्ब, तथा श्रीलंकालाई डेढ अर्ब दिने उल्लेख गरेको छ ।

भारतले भुटान र माल्दिभ्सलाई दिने सहयोग बढाएको हो । अफगानिस्तानलाई दिने सहयोगमा घटबढ गरेको छैन । तर नेपाल, श्रीलंका तथा म्यान्मारलाई दिने सहयोग भने घटाएको हो ।

भारतीय वित्त मन्त्री निर्मला सितारमणले आज पेश गरेको बजेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालको अन्तिम पूर्ण बजेट हो । भारतमा सन् २०२४ मा आम चुनाव हुँदै छ । सो समय चुनावी बजेट मात्र आउने भएकोले यो मोदी सरकारको अन्तिम पूर्ण बजेट हो। बित्त मन्त्री निर्मलाको यो पाचौ बजेट हो ।

भारतमा आर्थिक वर्ष अप्रिल १ मा सुरु भई मार्च ३१ सम्म चल्छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved