सिलिकन भ्याली र सिल्भरगेटपछि फेरि अर्को अमेरिकी बैंकमा लाग्यो ताला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2023 | 09:59:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सिलिकन भ्याली बैंक र सिल्भरगेट बैंक बन्द भएको कारण थप समस्या नआओस भन्ने उद्देश्यले अमेरिकामा थप अर्को बैंक पनि अस्थायी रुपमा बन्द भएको छ।सिलिकन भ्याली र सिल्भरगेटको घटनाले वित्तीय प्रणालीको स्थिरता थप खतरामा पर्न सक्ने भन्दै सिग्नेचर बैंकलाई अस्थायी समयका लागि बन्द गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ। 

न्यूयोर्क टाइम्सकाअनुसार कानून फर्महरू र घर, जग्गा कम्पनीहरूको बढी निक्षेप रहेको २४ वर्ष पुरानो संस्थालाई खुला राख्नुले वित्तीय प्रणालीको स्थिरतालाई खतरामा पार्न सक्ने भन्दै सिग्नेचर बैंक बन्द गरिएको हो। 

सिग्नेचर बैंक न्यूयोर्क एउटा ठुलो वित्तीय संस्था हो। यसमा ठूला घर जग्गा व्यवसायी तथा कानून फर्महरुबाट धेरै निक्षेप जम्मा गर्दथ्यो। तर पछिल्लो समय क्रिप्टोकरेन्सी निक्षेपहरूमा बढी केन्द्रित देखिन्थ्यो। अमेरिकन फेडरल रिजर्भले बैंक खुला राख्नुले सम्पूर्ण वित्तीय प्रणालीको स्थिरतालाई खतरामा पार्न सक्ने भन्दै आइतबार अचानक सिग्नेचर बैंकको ढोका बन्द गर्ने निर्णय गरेको हो। 

सिलिकन भ्याली बैंक फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनको नियन्त्रणमा गएको,  त्यस अगाडि नै सिल्भरगेट बैंकले आफू लिक्विडेसनमा जाने निर्णय गरेको घटनाले विशेषगरी क्यालिफोर्नियाका निक्षेपकर्ताहरुमा त्रास बढाएको निष्कर्षसहित नियामकले अस्थायी अवधिका लागि सिग्नेचर बैंक बन्द गर्ने निर्णय गरेको हो।  

अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयर्टसका अनुसार डिसेम्बर ३१ सम्म सिग्नेचर बैंकको कुल सम्पत्ति ११०.४ बिलियन अमेरिकी डलर र कुल निक्षेप ८८.६ बिलियन डलर रहेको छ ।अमेरिकामा एकाएक तिन बैंक बन्द भएको सन्देश बाहिरीए पनि यथार्थ भने त्यस्तो होइन। सिलिकन भ्याली बैंक डुबेको चर्चा बढी भए पनि सिल्भरगेट बैंक सिलिकन भ्याली बैंकभन्दा अगाडि नै डुबेको हो ।

सिल्भरगेट बैंकले गत बुधबार नै बैंकलाई लिक्वेडेसनमा लैजाने जनाएको थियो । बैंकको सम्पूर्ण कार्यहरु बन्द गरेर बैंकलाई लिक्वेडेसनमा लैजानु नै उत्तम विकल्प हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बैंकले सबै निक्षेपकर्ताको रकम फिर्ता गर्ने उल्लेख गरेको थियो । सिल्भरगेट बैंकले क्रिप्टोकरेन्सी कम्पनीहरुको लागि लक्षित गरी काम गर्ने गरेको थियो । 

सिलिकन भ्याली बैंक र सिल्भरगेट बैंक दुवै एकै सातामा डुबे पनि यी दुई बैंक डुब्नुको प्रकृति भने फरक छ । सिलिकन भ्याली बैंक काम गर्न खोज्दा खोज्दै डुबेको हो भने सिल्भरगेटले खराब अवस्था आउनुभन्दा अगाडि नै आफूले नै कम्पनीलाई लिक्वेडेसनमा लैजान लागेको हो। सिलिकन भ्याली बैंकको कुल सम्पति ११ बिलियन् डलर मात्र थियो भने सिल्भरगेटको सम्पति ११४ बिलियन डलर थियो ।

सिल्भरगेटले आफैँले डिपोजिट रकम फिर्ता दिने भनेको छ। जबकी सिलिकन भ्यालीको हकमा डिपोजिट फिर्ता गराउनका लागि त्यहाँको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले बैंकलाई नियन्त्रणमा लिएको छ। यी दुई बैंकको समानता भने दुवै क्यालिफोर्नियाका बैंक हुन्।  

सिल्भरगेट डुब्दा शेयरधनीलाई बढी घाटा भयो र निक्षेपकर्ता सुरक्षित रहे । तर सिलिकन भ्यालीको हकमा शेयरधनीको साथ साथ निक्षेपकर्ता पनि समस्यामा पर्ने भए । कारण सिलिकन भ्याली बैंकको सबै निक्षेपको सुरक्षन गरिएको थियो।

यो पनि:

- २ बैंक डुबेपछि राष्ट्रपति बाईडेनको सम्बोधन 'निक्षेपकर्तालाई बचाईन्छ, लगानीकर्ता होइन'

- अमेरिकामा एक हप्ता मै २ बैंक डुब्दा यी हुन् समानता र फरक

- क्रिप्टो करेन्सीमा देखियो सिलिकन भ्याली बैंक बन्दको असर, पैसा नडुबेको क्रिप्टो कम्पनीको दाबी

बैंक बन्द हुन अगाडी सिलिकनका सीईओले सेयर बेचे, कर्मचारीलाई बोनस बाँडे, मारमा निक्षेपकर्ता

35Shares
facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved