बैंक बन्द हुन अगाडी सिलिकनका सीईओले सेयर बेचे, कर्मचारीलाई बोनस बाँडे, मारमा निक्षेपकर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2023 | 10:46:57 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको १६औं ठुलो बैंक सिलिकन भ्याली बैंक युनाइटेड स्टेट्स फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन, एफडीआईसी ले नियन्त्रण लिनुअगाडी बैंकका सीइओले सेयर बिक्रि गरेको तथा कर्मचारीलाई बोनस बाँडिएको पाइएको छ। 

शुक्रबार नियन्त्रणमा आउनु अगाडी बैंकका कर्मचारीलाई बार्षिक बोनस वितरण गरिएको सीएनबिसी ले त्यहाँको स्थानीय स्रोतलाई उद्र्त गर्दै लेखेको छ। अमेरिकाको क्यालिफोर्निया केन्द्रित रहेर १६ शाखाबाट आफ्नो बैंकिंङ कारोबार गरेको सिलिकन भ्याली बैंकले शुक्रबार मात्रै कर्मचारीलाई ऐतिहासिक बार्षिक बोनस वितरण गरेको जनाईएको छ। 

ग्ल्यासडोर डटकमकाअनुसार सिलिकन भ्याली बैंकले प्रति कर्मचारी १२ हजार डलरदेखि एक लाख ४० हजार डलरसम्म बार्षिक बोनस वितरण गरेको छ। शुक्रबार  युनाइटेड स्टेट्स फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन, एफडीआईसी ले नियन्त्रणमा लिनु भन्दा केहि घण्टा अगाडी मात्रै बैंक संचालक समितिबाट निर्णय स्वीकृत गराई कर्मचारीलाई बोनस वितरण गरिएको हो। 

सिलिकन भ्याली बैंकलाई कर्मचारीलाई बढी तलब र राम्रो सेवा सुविधा दिने बैंक मध्ये एक मानिन्छ। त्यहाँका कर्मचारीले औषतमा बार्षिक २ लाख ५० हजार ६६३ अमेरिकी डलर तलब पाउने गरेको ब्लुम्बर्गले जनाएको छ। 

नियन्त्रणमा लिइसकेपछि एफडीआईसीले सिलिकन भ्याली बैंकका कर्मचारीलाई ४५ दिनको रोजगारीको प्रस्ताव गरेको छ। बैंकमा डिसेम्बर २०२२ सम्म ८ हजार ५२८ कर्मचारी थिए। 

त्यस्तै 

बैंकका प्रमुख कार्यकारी अधिकृत र वित्त प्रमुखले बैंक बन्द हुनुभन्दा दुई हप्ता अगाडी मात्रै झन्डै ४१ लाख अमेरिकी डलर बराबरको सेयर बिक्रि गरेको पाइएको छ। न्युवर्क पोष्टकाअनुसार बैंकका सीइओ ग्रेग बेकरले सिलिकन भ्याली बैंकको ३५ लाख डलर बराबरको १२ हजार ५०० कित्ता  सेयर र बित्त प्रमुख डेनियल बेकले ५ लाख ७५ हजार १८० डलर बराबरको सेयर बिक्रि गरेका छन्। 

प्रविधि र भेन्चर क्यापिटलमा लगानी गर्नमा अगाडी देखिएको सिलिकन भ्याली बैंक बन्द हुनभन्दा ठिक ११ दिन अगाडी बैंकका प्रमुख कार्यकारी र वित्त प्रमुखबाट यत्तिका ठुलो सेयर बिक्रि हुनुलाई गम्भीरतासाथ हेरिएको छ। बैंकको सेयर मुल्य बैंक बन्द हुन अगाडीको दिन बिहिबार ६० प्रतिशतले घटेको थियो।

बैंकलाई नियन्त्रणमा लिएको युनाइटेड स्टेट्स फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन, एफडीआईसीले यस बारे अहिलेसम्म कुनै आधिकारिक धारणा दिएको छैन। यद्दपि बैंकका कार्यकारी र वित्त प्रमुखलाई बैंक बन्द हुँदैछ भन्नेबारे जानकारी भए नभएकोबारे अनुसन्धान जारी रहेको सीएनबिसी तथा न्युवर्क पोष्टले जनाएका छन्। 

नगद अभावका कारण बैंक रन हुन पुगेको सिलिकन भ्याली बैकले आफुसंग भएको २१ अर्ब बराबरको बोन्ड बिक्रि गरेको थियो। तर ४८ घन्टाको अवधिमा मात्रै ४० अर्ब अमेरिकी डलर निक्षेप बैंकबाट झिकीएपछि सिलिकन भ्याली बैंक 'बैंक रन' को अवस्थामा पुगेको हो। 

सिलिकन भ्याली बैंकसँग २०९ अर्ब अमेरिकी डलर बराबरको सम्पती तथा १७५ अर्ब ४० करोड अमेरिकी डलर बराबरको निक्षेप भएको एफडीआइसीको स्टेटमेन्टमा उल्लेख छ। यद्दपि १७५ अर्ब ४० करोड अमेरिकी डलर निक्षेप मध्ये ९५ प्रतिशत निक्षेप २ लाख ५० हजार भन्दा बढीका भएको सीएनबिसी लगायतका संचार माध्यमले जनाएका छन्।उनीहरुका अनुसार बैंकमा भएको ९५ प्रतिशत निक्षेपको बीमा गरिएको छैन। जस कारण उनीहरुको पैसा उठ्ने सम्भावना कम रहेको छ। तर २ लाख ५० हजारसम्मको बीमा स्वत हुने भएकाले २ लाख ५० हजारसम्म बीमा हुनेले भने सोमबारसम्म यो पैसा फिर्ता पाउने भएका छन्। 

यो पनि: 

टुइटरका मालिक इलोन मस्क सिलिकन भ्याली बैंक किन्न तयार, डिजिटल बैंक बनाउने चाहना

४८ घण्टामा यसरी पतन भयो अमेरिकी इतिहासमा दोस्रो ठुलो बैंक, सम्झायो तत्कालिन एनबि बैंकको घटना

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved