बहुअपेक्षित दुई मुद्दामा प्रचण्ड असफल, मोदीले गरे सुन माग्दा नुनको व्यवहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2023 | 11:31:07 AM मा प्रकाशित

laxmi  sunrise bank

लामो पर्खाई पश्चात तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा दुई बहुअपेक्षित मुद्दामा सहमति हुन नसकेको पाइएको छ। धेरै अपेक्षा गरिएको  हवाई रुट र पञ्चेश्वर परियोजनामा कुनै सहमति नै नभएको बताईएको छ। 

भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले महेन्द्रनगरबाट हवाई प्रवेश विन्दु  र पञ्चेश्वर परियोजनासहितका मुद्दामा सहमती जुट्ने अपेक्षा गरिएको थियो। नेपालको परराष्ट्र मन्त्रालयले मात्र नभई प्रचण्डको सचिवालयले समेत भारत भ्रमणको क्रममा यी दुई बहुअपेक्षित मुद्दाको सम्बोधन हुने भनेको थियो। 

तर भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले यी दुई मुद्दामा समाधान खोज्दा भारतका प्रधानमन्त्रीले नेपालको सुदूरपश्चिमी क्षेत्र सिर्सा र झुलाघाटमा दुई पुल बनाइदिने आश्वासन दिएको बताईएको छ। 

हवाई प्रवेश विन्दुका लागि अनुमति र पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको विषय  प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका एजेन्डामा थिए । तर नेपालको मुख्य एजेन्डामै रहेका ती विषयलाई थाँती राखेर अरु ७ विषयमा सम्झौता भएको छ। 

नेपाल र भारतका प्रधानमन्त्रीहरूको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रधानमन्त्री मोदीले भने, ‘नेपालको सुदूरपश्चिमी क्षेत्रदेखि कनेक्टिभिटिको बढवा दिनको लागि सिर्सा र झुलाघाटमा २ थप पुल बनाइने छ ।’

प्रधानमन्त्री प्रचण्डले मौखिक रुपमा पञ्चेश्वरबारे पनि सहमति भएको दाबी गरेका छन् । उनले पञ्चेश्वरको परियोजनाका लागि तीन महिनामा डीपीआर तयार गर्ने दुवै देशका अधिकारीहरूलाई निर्देशन दिइएको बताएका छन्।  तर नेपाल भारतबीच गरिएका ७ वटा सम्झौतामा यस बारे उल्लेख छैन ।

त्यस्तै प्रचण्डले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आइएलएस) सञ्चालनको बाटो खुलेको दाबी गरेका छन्  । तर नेपाल भारतबीच गरिएका ७ वटा सम्झौतामा यस बारे पनि उल्लेख छैन ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले सुनको कुरा गर्दा भारतका प्रधानमन्त्री मोदीले नुनको व्यवहार गरेको टिप्पणी गरिएको छ। यससँगै हालै स्थापना गरी संचालनमा आएको भैरहवा विमानस्थल र यससँग जोडिएका अरु पूर्वाधारको भविष्य अन्यौलमा परेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved