अमेरिकामा मुद्रास्फितिको दर दुई वर्ष यताकै तल्लो बिन्दुमा, विश्व बजारलाई सकारात्मक संदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 11:53:00 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकामा मुद्रास्फितिको दर करिब दुई वर्ष यताकै तल्लो बिन्दुमा आइपुगेको छ। यो अवस्थालाई अमेरिकाको फेडरल रिजर्भले पछिल्लो एक वर्षमा निरन्तररुपमा ब्याजको दर बढाएपछिको नतिजाको रुपमा टिप्पणी गरिएको छ। 

अमेरिकाको श्रम विभागले मंगलबार जारी गरेको रिपोर्टमा गत महिना अर्थात् मे को मुद्रास्फीति दर दुई वर्ष यताकै सबैभन्दा कम भएको  उल्लेख छ। विभागकाअनुसार मुद्रास्फितिको दर ४.९० प्रतिशतबाट घटेर ४ प्रतिशतमा आइपुगेको हो। 

फेडरल रिजर्भले यस हप्ताको बैठकमा ब्याज दरको सम्बन्धमा गर्ने निर्णयको बाबजुद अपेक्षित रुपमा मुद्रास्फितिमा कम दरले घटेको विश्लेषण गरिएको छ। 

उपभोक्ता मूल्यहरूमा उत्साहजनक प्रवृत्तिले फेडलाई यस महिना दरहरू अपरिवर्तित राख्न केही छुट दिने र यदि यो प्रवृत्ति जारी रह्यो भने फेडले वर्षको बाँकी अवधिमा ब्याज  वृद्धि गर्ने सम्भावना नभएको अर्थशास्त्री जेफ्री रोचको भनाई छ। 

अमेरिकामा मुद्रास्फितिको दर दुईवर्ष यताकै कम बिन्दुमा आएपछि यसले विश्व बजारलाई नै सकारात्मक संदेश दिएको छ। मुद्रास्फितिको दर बढ्ने क्रम नरोकिएपछि अमेरिकाको फेडरल रिजर्भले पछिल्लो एक वर्षमा ब्याजको दर निरन्तर बढाएको थियो। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको तथ्यांकमा नेपालको मुद्रास्फिति पनि घट्ने क्रममा रहेको उल्लेख छ। २०८० वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो।


साधारण अर्थमा मुद्रास्फिती भन्ने बित्तिकै मूल्य वृद्धि भन्ने बुझिन्छ तर बास्तबिक अर्थमा मुद्राको अबमुल्यन हुनु नै मुद्रास्फिती हो। मूल्य वृद्धि हुनु र पैसाको क्रय शक्ती घट्नुलाई मुद्रास्फिती भनिन्छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved