महँगी बढ्ने भारतीय केन्द्रीय बैंकको अनुमान, अवस्था बिग्रिन नदिन 'अर्जुन दृष्टि' राख्न सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2023 | 06:02:16 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय रिजर्भ बैंक (आरबीआई)ले रिपोको दरलाई यथावत राख्ने निणर्य गरेको छ। तीन दिनसम्म बसेको मौद्रिक नीति समिति 'एमपीसी'ले ब्याजदर स्थिर राख्ने उद्देश्यले रिपो दरलाई यथावत राख्ने निर्णय गरेको आरबीआईले जनाएको छ। 

एमपीसी बैठकले रिपो दर ६.५ प्रतिशत राख्ने निर्णय गरेको गभर्नर शक्तिकान्त दासले बताएका छन् । केन्द्रीय बैंकले समग्र ब्याजदर स्थिर राख्ने उद्देश्यले रिपो दर यथावत् राख्ने निर्णय गरेको उनले जनाएका छन्।यससँगै भारतले लगातार तेस्रो पटक रिपो दरलाई स्थिर राखेको हो। २०२२ मे महिनायता केन्द्रीय बैंकले रिपो दरमा २.५ प्रतिशत विन्दु बढाएको छ । 

 कुनै पनि देशका बैंकहरुले केन्द्रीय बैंकबाट ऋण लिँदा केन्द्रीय बैंकलाई तिर्ने ब्याजदर नै रिपोको दर हो। नेपालमा यस्तो दर साढे ७ प्रतिशत कायम गरिएको छ।

बैंकले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशतको आर्थिक वृद्धि (जीडीपी ग्रोथ) रहने अनुमान गरेको छ । आरबीआईले पहिलो त्रैमासमा ८, दोस्रो त्रैमासमा ६.५, तेस्रो त्रैमासमा ६ र चौथो त्रैमासमा ५.७ प्रतिशतको जीडीपी ग्रोथको अनुमान गरेको हो।

 आर्थिक वृद्धिको दर यथावत तर मुद्रास्फितिको अनुमान बढाइयो 

अन्तर्राष्ट्रिय बजारमा अहिलेको अवस्था तथा अन्य केही कारण देखाएर आरबिआईले मुद्रास्फितिको दर भने बढाएको छ। यसअघि ५.१ प्रतिशत मुद्रास्फीति हुने अनुमान गरिएकोमा अब भने महँगी थप बढ्ने प्रक्षेप गर्दै मुद्रास्फीतिको दर ५.४ प्रतिशत पुर्याइएको छ। 

भारतको केन्द्रीय बैंकले आज यस आर्थिक वर्षका लागि मुद्रास्फीति प्रक्षेपण बढाएको हो। मनसुनी वर्षा पर्याप्त नभएको र त्यसको कारण तरकारी र खाद्यान्नको मूल्य बढेकले थप मूल्य बढ्ने आंकलनमा केन्द्रीय बैंकले मुद्रास्फितिको अनुमान बढाएको जनाएको छ। 

भारतीय रिजर्भ बैंकले मुद्रास्फीतिको लक्ष्य जुन नीतिमा ५.१ प्रतिशतको प्रक्षेपणबाट बढाएर ५.४ प्रतिशत पुर्याएको छ । केन्द्रीय बैंकले आज पनि बेञ्चमार्क दर लगातार तेस्रो पटक साढे ६ प्रतिशतमा स्थिर राखेको छ । 

विश्वव्यापी अर्थतन्त्रले, भूराजनीतिक तनाव र चरम मौसमी अवस्थाले मुद्रास्फीतिमा दबाब परेकाले मूल्य वृद्धि र ब्याजदर स्थिरतामा अर्जुन दृष्टि राखीराख्नुपर्ने आरबीआईका गभर्नर दासले बताएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved