ब्रिक्समा ६ देश थपिए, विश्वको ८० प्रतिशत तेल ब्रिक्सको 'कब्जा'मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2023 | 08:16:06 PM मा प्रकाशित

laxmi  sunrise bank

उदीयमान राष्ट्रको सङ्गठन ब्रिक्समा छ सदस्य थपिएका छन् ।    ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्समा थप ६ देश थपिएका हुन् ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आज नयाँ सदस्य थपिएको घोषणा गरेका हुन् ।  गणतन्त्र अर्जेन्टिना, अरब गणतन्त्र इजिप्ट, सङ्घीय लोकतान्त्रिक गणतन्त्र इथियोपिया, इस्लामिक गणतन्त्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स ब्रिक्समा आवद्द भएका हुन्  । नयाँ सदस्य अब जनवरी १ देखि सङ्गठनमा आबद्ध हुनेछन् ।  

नयाँ ६ देश थपिएसंगै अब ब्रिक्सले विश्वको ८० प्रतिशत तेल उत्पादन कन्ट्रोल गर्ने अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।  विश्वका ९ ठुला तेल उत्पादन गर्ने देश मध्ये ६ वटा ब्रिक्स सदस्य हुने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved