
 2mb (1).gif)
छिमेकि मुलुक भारतले जी २० सम्मेलनमा भाग लिन आउने विभिनन मुलुकका भीभीआईपी पाहुनाहरुलाई सुन र चाँदीको जलप लगाईएका सामग्रीहरुमा खाना खुवाउने भएको छ । सम्मेलनमा आउने विभिन्न देशका राज्य प्रमुखहरू र अन्य विश्व नेताहरूलाई चाँदी र सुनको जलप लगाईएका भाँडाहरूमा सेवा दिइने हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
यी भाँडाकुँडाहरु जयपुरमा तयार पारिएको र त्यहाँबाट पाहुनाहरु बस्ने होटेलमा पुर्याईएको बताईएको छ । यी सामग्री बनाउन ५० हजार घण्टा लागेको र करिब २ सय जना कामदारले काम गरिएको समाचारमा उल्लेख छ । पित्तलको, स्टिलको तथा पित्तल र स्टिल मिसिएर बनेको भाँडाकुँडाहरुमा सुनचाँदीको जलप लगाईएको बताईएको छ । विशेष गरि गिलास र चम्चाहरुमा सुनको जलप लगाईएको समाचारमा उल्लेख छ ।
भारतले गत वर्षको डिसेम्बरमा जी २० को अध्यक्षता ग्रहण गरेको थियो । सोहि कारण अहिले भारतले सम्मेलन आयोजना गर्न लागेको हो ।सम्मेलन नयाँ दिल्लीमा सेप्टम्बर ९ देखि १० सम्म हुने छ । सम्मेलनमा अमेरिकी राष्ट्रपति, युकेका प्रधानमन्त्री, साउदी अरेबियाका राजा लगालत विश्वका शक्तिशाली देशका राष्ट्रप्रमुखहरु सहभागी हुने छन् ।
चीन र रुसका राष्ट्रपतिले भने आफु नआई आफ्ना प्रतिनिधि पठाउने भएका छन् ।
यो पनि : भारतले आयोजना गर्ने जी २० सम्मेलनमा किन नजाने भए चीन र रुसका राष्ट्रपति ?