सिभिल बैंक र रिलायबल नेपाल लाइफबीच बैंकासुरेन्स सम्झौता, बैंकका सबै शाखा मार्फत बिमा सेवा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 24, 2018 | 10:38:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ। सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र  इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरे। 

सम्झौता अनुसार सिभिल बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका ६८ शाखाहरु कार्यालयहरु मार्फत रिलायबल लाइफ इन्स्योरेन्सको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन।   

बैंकले यस अघि पनि जीवन वीमा कम्पनिहरु मेटलाइफ र एल.आई.सी. नेपाल तथा थुप्रै निर्जीवन वीमा कम्पनिहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved