रिलायन्स लाइफले ल्यायो नयाँ बीमा योजना, यस्ता छन् विशेषताहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2020 | 12:22:27 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्सले 'लिमिटेड ईण्डोमेन्ट' बीमा योजना सार्वजनिक गरेको छ । बीमीतले सिमित वर्षकोलगि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउने यो योजना कम्पनीले बुधबार सार्वजनिक गरेको हो । 

योजनाको मुख्य विशेषता भनेको यदि बीमाअवधिमा बीमीतको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमाजारी र बीमादावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी हुने कम्पनीले जनाएको छ । योजनामा बीमा अवधि समाप्तिपश्चात् बीमाङ्क रकम र आर्जित बोनस भुक्तानी गरिने जनाएको छ । 

योजना १६ देखि ६५ वर्षउमेरकाले लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम ५० हजार रहेको छ भने अधिकतम कम्पनीको नियम बमोजिम हुनेछ । योजनामा बीमा अवधि न्युनतम १० बर्ष र अधिकतम २५ बर्ष रहेको छ भने बीमाशुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ ।  

यससंगै थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सकिने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved