माछापुच्छ्रे बैंकसहित ३ कम्पनीको साधारणसभा आज, कसको कहाँ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2019 | 09:14:35 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस २० गते शुक्रबार 3 वटा कम्पनीले साधारणसभा गर्दै छन् । आज आरएमडिसी लघुवित्त, नेरुदी लघुवित्त र माछापुच्छ्रे बैंकले साधारणसभा गर्न लागेका हुन् ।

 माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  को आज पौष २० गते वार्षिक साधारणसभा हुँदैछ पोखराको होटेल पोखरामा बिहान ११ बजेको लागि डाकिएको   भाका मुख्य-मुख्य प्रस्तावहरुमा १० प्रतिशत नगद लाभांश, लेखापरीक्षको नियुक्ति, वार्षिक प्रतिवेदन, साचालकको निर्वाचन लगायत रहेका छन् ।बैंकले पुस ६ गते बुक क्लोज गरेकाले पुस ५ गतेसम्म कायम रहने शेयरधनी मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्ने छन् ।

आरएमडीसी लघुवित्त RMDC Laghubitta Bittiya Sanstha Limited को साधारणसभा आज ११ बजे युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाडौँमा हुदै छ । साधारणसभामा  १० प्रतिशत बोनश शेयर र १० प्रतिश नगद लाभांशप्रस्ताव पेश हुनेछ । साधारणसभाको लागि लघुवित्तले पुस ४ गते बुधबार बुक क्लोज गरेकोले पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र   साधारण सभामा भाग लिन र लाभांश पाउन सक्ने छन् । 

त्यस्तै नेरुदी लघुवित्त Nerude Laghubitta Bittiya Sanstha Limited को  साधारणसभा आज ११ बजे उद्योग संगठन मोरङको सभाहल विराटनगरमा  हुदै छ । साधारणसभामा  ५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव पेश हुनेछ । साधारणसभाको लागि लघुवित्तले पुस ४ गते बुधबार बुक क्लोज गरेकोले पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र   साधारण सभामा भाग लिन र लाभांश पाउन सक्ने छन् ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved