नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड Nepal Insurance Company Limited ले साधारणसभा डाकेको छ । कम्पनीले चैत्र २१ गते शुक्रबार बिहान ११ बजे सिनामंगल को एयरपोर्टको होटेलमा सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २.८९ प्रतिशत नगद लाभांश वितरण अग्रने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
सभामा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने, सामुहिक लगानी कोष योजना संचालन गर्ने गरि उदेश्य थप गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले साधारण सभाको लागि चैत ४ गतेदेखि २१ गतेसम्म बुक क्लोज तोकेको छ । चैत ३ गतेसम्म कायम सेयरधनीहरले सभामा भाग लिन र प्रस्ताव गरेको लाभाांश पाउन सक्नेछन् ।