प्रदेश नं ३ मा आधुनिक कृषि बजार परियोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 04:00:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं ३ सरकार र गैरआवासीय नेपाली सङ्घबीच सहमति भएको छ । दुई पक्षबिच प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्ने गरी सहमति भएको हो । 

परियोजना अवधिभर झण्डै दुई अर्ब लगानी हुने गैरआवासीय नेपाली सङ्घ, कृषि प्रवद्र्धन समितिका प्रमुख युवराज गुरुङले जानकारी दिए । परियोजनामा गैरआवासीय नेपालीले निवृत्त समय बिताउन मिल्ने गरी काम गर्ने उनको भनाई छ । 

‘मुना’ नाम दिएको उक्त आधुनिक कृषि बजार परियोजनाले उत्पादिन कृषि उपजलाई उचित मूल्यमा सङ्कलन गरी प्रशोधन र बजारीकरणको व्यवस्था गर्नेछ । साथै  उत्पादनको समयमा हुने नोक्सानीलाई न्यूनीकरण गर्ने जनाएको छ ।  बजारले कृषि उपजको मूल्य र  गुणस्तर कायम गर्नेछ । 

सहमतिअनुसार प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गैरआवासीय नेपाली सङ्घ तथा निजी क्षेत्रलाई संलग्न गराईनेछ । जसअन्तर्गत सात सदस्यीय कार्यदल निर्माण गरिनेछ । जसले परियोजनाको सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गर्नेछ । कार्यदलले आवश्यक कार्यविधि र कम्पनी निर्माण गरेर हस्तान्तरण गर्नेछ ।

त्यस्तै गैरआवासीय नेपाली सङ्घले विभिन्न देशमा रहेका सदस्या मार्फत सामूहिक पूँजी भित्र्याउनेछ । विदेशमा सिकेको कृषि सम्बन्धी ज्ञान सीपलाई पनि परियोजनामा सामेल गराउने जनाएको छ ।  परियोजनालाई आवश्यक पर्ने भौतिक पूर्वाधार, बीमा, कृषि ऋण भने प्रदेश  सरकारले  उपलब्ध गराउने छ । 

सम्झौताअनुसार मुख्य प्रशोधन केन्द्रसहितको आधुनिक कृषि बजार काठमाडौँ उपत्यकामा स्थापना गरिनेछ । हेटौँडा, चितवन, सिन्धुली, धादिङ, नुवाकोट, रामेछाप र काभ्रेमा भने सहायक कृषि बजार स्थापना हुनेछ । साथै  कृषि उपज उत्पादन हुने जिल्लाका उत्पादन क्षेत्र आसपास सङ्कलन केन्द्र स्थापना हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved