सिभिल बैंकको संस्थापक शेयर तेस्रो पटक लिलाम मार्फत बिक्रि हुँदै, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 13, 2018 | 07:34:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक लिमिटेडले हकप्रदमा अवितरित संस्थापक शेयर पुन: लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले जेठ २ देखि जेठ ९ सम्मका लागि २९ लाख ९२ हजार कित्ता संस्थापक शेयर लिलाम मार्फत बिक्रि गर्ने भएको हो। 

सुरुमा हकप्रदमा अवितरित ३२ लाख ४४ हजार कित्ता संस्थापक शेयर लिलाम मार्फत बिक्रि खुला गर्दा नबिकेपछी बैंकले तेस्रो पटक लिलाम मार्फत  बिक्रि गर्न लागेको हो। बैंकले यस पटक २९ लाख ९२ हजार कित्ता संस्थापक शेयर लिलाम मार्फत बिक्रि गर्ने भएको हो। 

सिभिलले लिलाम मार्फत बिक्रि खुला गरेको संस्थापक शेयरमा जो कोहि व्यक्ति, कम्पनि, संघ संस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन। इच्छुक बोलकबोल दाताले जेठ ९ गते बैंकिङ समयभित्र बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, बानेश्वोर काठमाडौंमा आईपुग्ने गरि बोलपत्र पेश गर्नुपर्नेछ।   

बोलकबोल दाताले शेयर खरिदको लागि आवश्यक रकम लक्ष्मी क्यापिटलको नाममा लक्ष्मी बैंकमा रहेको खाता नम्बर ००५३४०१०७५७ मा जम्मा गरि लिलाममा सहभागी हुन सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।     

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको शेयर पाउने छन।

हकप्रद बिक्रि तथा बितरण पश्चात बैकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्ने छ। बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ३५ करोड खुद मुनाफा आर्जन गरेको छ। तेस्रो त्रैमासमा आइपुग्दा १२७ प्रतिशतले खुद मुनाफा वृद्धि गरेको सिभिलको यस अवधिमा प्रति शेयर आम्दानि ६ रुपैयाँ ७३ पैसा छ भने प्रति शेयर नेटवर्थ १२७ रुपैयाँ ७३ पैसा छ। त्यस्तै बैंकको जगेडा कोषमा १ अर्ब ९० करोड छ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved