सहारा बिकास बैंकको २५० प्रतिशत हकप्रद भर्न छुट्नुभयो ? यस्तो छ बैंकले जारि गरेको सूचना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 10, 2018 | 03:03:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सहारा विकास बैंकले जेठ ६ गतेदेखि हकप्रद बिक्रि गरिरहेको छ। बैंकले १ बराबर २.५ कित्ता अर्थात २५० प्रतिशतका दरले जेठ ६ देखि असार ९ गतेसम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो। 

हकप्रद बिक्रि प्रयोजनार्थ बैंकले बैशाख १० गते बुक क्लोज गरेकाले बैशाख ९ सम्म कायम शेयरधनिहरुले मात्र हकप्रद भर्न पाउनेछन। बैंकले १८ करोड   २४ लाख रुपैयाँ बराबरको १८ लाख २४ हजार ८ सय ७० कित्ता हकप्रद बिक्रि खुला गरेको हो।   

बैशाख ९ सम्म कायम इच्छुक शेयरशनिहरुले बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटलको कार्यालय लाजिम्पाट काठमाडौँ तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौँ, लगनखेल ललिपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर बिरगंज, र गोल्छाचोक बिराटनगरबाट आवेदन दिन सक्ने छन् ।

त्यस्तै सहारा बिकास बैंकका शाखा कार्यालय तथा नेपाल धितोपत्रबाट इजाजत पत्र प्राप्त सी-आस्वामा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत आबेदन दिन सक्नेछन।      

हाल बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ रहेको छ । २५० प्रतिशत हकप्रद पश्चात बैंकको पुँजी २५ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ५४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved