हाम्रो विकास बैंकको लिलाममा राखिएको सेयरको बोलपत्रको नतिजा आज सार्वजनिक हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2017 | 10:12:35 AM मा प्रकाशित

laxmi  sunrise bank

हाम्रो विकास बैंकले अवितरित हकप्रद सेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। बैंकले साउन ५ गते अर्थात आजदेखि साधारण तर्फको ५९ हजार ४ सय ८४ दशमलव ९९ कित्ता र संस्थापक तर्फको ३ लाख ९१ हजार ६ सय ३६ दशमलव ७६ कित्ता हकप्रद सेयर लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो। 

बैंकले जेठ ७ गतेदेखि निष्काशन गरेको २०० प्रतिशत हकप्रद पुरै बिक्रि नभएपछि अवितरित हकप्रद सेयर लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो। इच्छुक बोलकबोल दाताले साउन ५ देखि साउन १२ सम्म आबेदन दिन सक्ने बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ। बोलपत्रको नतिजा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलको कार्यलयमा साउन १५ मा ११ बजे खोलिने छ। 

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। 

त्यस्तै इच्छुक बोलकबोल दाताले एनआईबिएल क्यापिटलको नाममा कुमारी बैंकमा रहेको खाता नम्बर ०१२४५२४६१९९७०१८ मा पैसा संकलन गरि लिलाम बढाबढमा राखिएको हकप्रदमा आबेदन दिन सक्ने छन। आवेदन क्यापिटलको कार्यालय लाजिम्पाट र हाम्रो वकास बैंकको केन्द्रीय कार्यालयमा नुवाकोटमा बुझाउनु पर्ने छ । 

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा ३ करोड १० लाख खुद नाफा गरेको छ । २०० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४५ करोड ८८ लाख पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १५ करोड २९ लाख रुपैयाँ रहेको छ। 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले २०७४ असार मसान्तभित्र चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्ने छ। २०० प्रतिशत हकप्रद वितरण पश्चात तोकिएको चुक्ता पुंजी पुर्याउन बैंकले यस आर्थिक बर्षको कमाईबाट न्युनतम ९ प्रतिशत बोनस सेयर वितरण गर्नु पर्ने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved