गुडविल फाइनान्सको ६० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 23, 2017 | 07:08:02 AM मा प्रकाशित

laxmi  sunrise bank

गुडविल फाइनान्सले असार १८ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । फाइनान्सले १० बराबर ६ अर्थात ६० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गरेको हो।  

हकप्रद निष्काशन प्रयोजनार्थ फाइनान्सले असार २ गते बुक क्लोज गरेको थियो। असार १ गतेसम्म कायम शेयरधनीले हकप्रद प्राप्त गर्न सक्ने छन् । लगानीकर्ताले साउन २२ सम्म हकप्रदका लागि आवेदन दिन सक्नेछन।  

फ़ाइनाइन्सले प्रति कित्ता १ सय रुपैयाँका दरले २७ करोड २२ लाख रुपैयाँ बराबरको २७ लाख २२ हजार ५ सय कित्ता हकप्रद बिक्रीमा राखेको हो। फाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकका एनआइबिएल क्यापिटल रहेको छ। 


असार १ गतेसम्म कायम सेयरधनीहरुले एनआइबिएल क्यापिटलको कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु, र नेपाल इन्भेष्टमेन्ट बैंकका बिरगंज, बिराटनगर, चिप्लेढुंगा पोखरा , बुटवल र धनगढी शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरी हकप्रद भरी बुझाउन सक्नेछन। 

६० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७२ करोड ५९ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ४५ करोड ३७ लाख रुपैयाँ रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved