नेपाल एसबिआई बैंकको लिलामी राखिएको सेयरमा आबेदन दिने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2017 | 11:16:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंकको लिलामीमा राखिएको सेयरमा आबेदन दिने मिति थप गरिएको छ। यस अघि साउन १६ गतेसम्म आबेदन दिन सक्ने व्यवस्था गरिएकोमा १ दिन म्याद थप गरी साउन १७ गतेसम्म आबेदन भर्न पाइने बनाइएको हो। 

शुक्रबार रक्षा बन्धनको सार्वजनिक विदा भएकाले १ दिन म्याद थपिएको बैंकले जनाएको छ। बैंकले हकप्रद बिक्री खुला गर्दा अवितरित ४ लाख ६९ हजार ५२ दशमलब ६० साधारण सेयर लिलाम मार्फत बिक्री गर्न लागेको हो। 

कम्पनीले जेठ ७ गतेदेखि निष्काशन गरेको ४० प्रतिशत हकप्रदमा आवेदन नपरेको करिब २.३५ प्रतिशत शेयर लिलाम बढाबढमा बिक्रि गर्ने लागेको हो।उसले जेठ ७ देखि १० बराबर ४ अर्थात ४० प्रतिशतका दरले १ करोड ९९ लाख १९ हजार ४ सय २३ दशमलब ६० कित्ता हकप्रद बिक्री खुला गर्दा अवितरित साधारणसेयर लिलाममा राखेको हो। 

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। साउन १७ गते बैंकिङ समय भित्र बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलमा आइपुग्ने गरी आबेदन दिनुपर्ने क्यापिटलले जनाएको छ। बोलपत्रको नतिजा साउन १८ गते ३:३० बजे बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा खोलिने छ । 

इच्छुक बोलकबोलदाताले साउन १७ गतेसम्म एनएमबि क्यापिटलको नाममा एनएमबी बैंकमा रहेको खाता नम्बर ००१३०६०००५४०१००००१९३ मा वा नेपाल एसबिआई बैंकमा रहेको खाता नम्बर  १७७३५२४०१०००९८  मा आफुले खरिद गर्न चाहेको शेयरको लागि रकम जम्मा गर्न सक्ने छन्  ।  

नेपाल एसबि आई बैंकले आर्थीक बर्ष ७३/७४ को तेस्रो त्रैमासमा १ अर्ब १० करोड खुद नाफा गरेको थियो  । हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ९७ करोड रहेकोमा पूर्ण हकप्रद बिक्रिपछि चुक्ता पुंजी ६ अर्ब ९७ करोड पुग्ने छ  । बैंकको अधिकृत चुक्ता पुंजी १० अर्ब रहेको छ भने साधारण संस्थापक शेयर अनुपात ७०:३० रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved