फस्ट माइक्रोफ़ाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2017 | 10:24:08 AM मा प्रकाशित

laxmi  sunrise bank

फस्ट माइक्रोफ़ाइनान्स डेभलपमेन्ट बैंकले आज साउन १५ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ  । कम्पनीले ११ हजार ६ सय २६ कित्ता साधारण शेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको हो  । 

कम्पनीले मंगसिर १ गतेदेखि निष्काशन गरेको ५० प्रतिशत हकप्रद (१३ लाख २२ हजार ५ सय कित्ता)मा आवेदन नपरेको करिब ०.८७ प्रतिशत शेयर लिलाम बढाबढमा बिक्रि गर्ने लागेको हो  । 

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। इच्छुक बोलकबोलदाताले साउन २२ गतेसम्म आवेदन दिन सक्ने छन् । बोलपत्रको नतिजा साउन २५ गते ३ बजे बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा खोलिने छ । 

एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय, लाजिम्पाटबाट आवेदन उपलब्ध हुने छ ।     

इच्छुक बोलकबोलदाताले साउन २२  गतेसम्म ग्लोबल आईएई क्यापिटलको नाममा कुमारी बैंकमा रहेको खाता नम्बर 012452461587019 मा रकम जम्मा गर्नु पर्ने छ ।  

कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा ८ करोड २ लाख खुद नाफा गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved