पिओएसमा प्रभु ग्रुपको लगानी, डिजिटल कारोबारमा ठुलो टेवा पुग्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 25, 2017 | 03:15:22 PM मा प्रकाशित

laxmi  sunrise bank

२८ वर्षअघि नेपाल भित्रिएको अल्पाइन कार्ड सर्भिस POS (Point of Sale)  कार्ड मेसीन मार्फत क्यासलेस कारोबारकोे प्रयोग बढाउन प्रभु ग्रुपले भूमिका खेल्ने भएको छ । जसको माध्यमबाट बिना नगद कारोबार गर्न सकिन्छ । व्यापारिक केन्द्रहरुमा राखिएका यी मेसीनहरु ग्रामिण तहसम्म फैलाउने गृहकार्य भइरहेको छ । अल्पाइन विजनेस कार्डसँग सम्बन्धित विभिन्न सेवाहरु दिने उद्देश्यले स्थापित कम्पनी हो । हाल यो कम्पनीको बहुमत सेयर प्रभु ग्रुपले लिएको छ भने कम्पनीको महाप्रबन्धकमा प्रभु ग्रुपको तर्फबाट राजगोपाल राजभण्डारी नियुक्त भएका छन् ।

हालसम्म नेपालमा तीनहजार पाँचसय वटा  POS (Point of Sale)  मेसिन संचालनमा रहेको र दुईहजार वटा मेसिन २०७४ साल भित्र थपिने क्रममा रहेको प्रभु ग्रुपले जनाएको छ । वित्तीय पहुँच विस्तार गर्नका लागि POS (Point of Sale)  मेसिनको प्रयोगलाई प्रभुले विभिन्न ग्रामिण तहसम्म पु¥याउन होमवर्क गरेको छ । नेपालमा रहेका पीओएस मेसिनहरुको प्रयोग प्रायः विदेशीहरुले नै गर्ने गरेका छन् । अब भने स्वदेशमै यसको प्रयोग बढाउन प्रभु ग्रुपले भूमिका खेल्ने भएको छ ।

यो मेसिन भित्रिएको लामो समय भइसक्दा पनि नेपालमा क्यासलेस ट्रान्जेक्सनको विकास तिब्र गतिमा हुन सकेको छैन । किनमेल गर्दा नगद नै बोकेर जाने नेपालीहरुलाई हातमा नगद नहुँदा बैंकमा भएको रकम सिधै क्रेडिट तथा डेबिट कार्डहरुबाट खर्च गर्ने बानीको विकास हुनेछ । 

पिओएस (POS ) कार्ड मेसीन के हो ? 

पिओएस (POS ) मेसीन क्यासलेस कारोबामर गर्ने माध्यम हो ।  जसबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सक्छन् । दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोरहरु, ठूलाठूला सपिङ मलहरु, होटल, हवाई टिकट सिनेमा हल लगायत पैसाको कारोबार गरिने जुनसुकै स्थानहरुमा पनि यो मेसिनको प्रयोग गर्न सकिन्छ । एटीएम वा बैंकमै गएर नगद निकाल्नुपर्ने झन्झटलाई यो सिस्टमले निर्मूल पार्नेछ । साथमा पैसा हराउने अथवा लुटिने लगायतका समस्याबाट पनि बच्न सकिन्छ । जसको प्रयोग समुन्नत मुलुकहरुमा अत्याधिक हुने गर्दछ । यस किसिमको कारोबार बढ्दै गयो भने नेपाल राष्ट्र बैंकलाई नोट छापीरहनु पर्दैन । नोट छाप्दा विदेशीने मोटो रकमको बचत हुनुका साथै डिजिटल फाइनान्स पूर्ण रुपमा कार्यान्वयनमा आउने बताइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved