पुरातत्वको डिजाइनअनुसार पुनःनिर्माण भएको छ, अनावश्यक विवाद नल्याउनुहोस: शाक्य

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 25, 2017 | 01:38:06 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरीको पुनःनिर्माणको काम अघि बढेको जानकारी दिएका छन् ।

पछिल्लो समय रानीपोखरी पुनःनिर्माणबारे बाहिर विभिन्न किसिमको हल्ला आइरहेका बेला उनकाे यस्तो धारणा अाएकाे हो । प्रमुख शाक्यले भने , “सम्पदा सबैको साझा सम्पत्ति हो त्यसैले अनावश्यक विवाद झिकेर पुनःनिर्माण समस्या नल्याउनुस् ।”

उनले रानीपोखरी पुनःनिर्माणको आयोजना आफू निर्वाचित हुनुभन्दाअघिकै भएको भन्दै सम्पदा नमासिने गरी जति सक्दो छिटो काम सम्पन्न गर्न निर्देशन दिइसकेको पनि बताए ।

“पुरातत्व विभाग, पुनःनिर्माण प्राधिकरण र महानगरको सहमतिमै राष्ट्रपतिज्यूले रानीपोखरी पुनःनिर्माणको शिलान्यास गर्नुभएको हो”, प्रमुख शाक्यले भने, “यो योजना पहिलाकै भएकाले मैले डिजाइनमा केही सामान्य हेरफेर गरेर पहिलाकैअनुरुप पुनःनिर्माण गर्न निर्देशन दिएको छु ।

“रानीपोखरीमा वाटर फाउण्टेन राख्छौँ । यो पोखरीलाई रमणीय र सुन्दर पार्कका रुपमा संरक्षण र विकास गर्छौं”, उनले भने , “सकेसम्म रत्नपार्कको बीचको बाटोलाई पनि वैकल्पिक बाटो बनाएर यो रानीपोखरीको क्षेत्रलाई रत्नपार्कसम्म जोड्ने योजना छ ।”

विसं २०७२ मा गएको गोरखा भूकम्पले रानीपोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरमा पूर्णरुपमा क्षति पुगेको थियो । रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved