आइएमई र मुथुत फाइनान्सबीच नेपाल–भारत रेमिटेन्स सेवा शुरु, के के छन् फाईदा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 15, 2018 | 03:41:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको आइएमई लिमिटेड र भारतको मुथुत फाइनान्सले भारत–नेपाल रेमिटेन्स सेवा सुरुवात गरेका छन् । दुवै कम्पनीले आज बिहिबार देखी सेवा सुरु गरेका हुन् । 

सेवा सुरु भएसँगै भारतमा रहेका नेपालीले मुथुत फाइनान्सको ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्ने भएका छन् । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिने जनाईएको छ । सम्बन्धित व्यक्तिले नेपालमा रहेको ग्लोबल आइएमई बैंक लिमिटेड र भारतमा रहेको आरबीएल बैंकमा समेत रकम जम्मा गर्न सक्ने बताईएको छ । 

भारत–नेपाल रेमिटेन्स सेवा शुभारम्भ कार्यक्रममा भारतको मुथुत फाइनान्सका तर्फबाट प्रवन्ध निर्देशक जर्ज एलेक्जेन्डर मुथुत, प्रमुखमहाप्रबन्धक के.आर. बिजिमोन र नेपालमा रहेको आइएमईका तर्फबाट ब्यापार प्रवद्र्धन प्रमुख सुभास तामाङ्ग लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मुथुत फाइनान्सका प्रमुख महाप्रबन्धक बिजिमोनले, नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमईंसँगको सम्झौतापछि भारतमा रहेका ५० लाख नेपालीहरूले आर्जन गरेको रकम परिवार र आफन्तलाई भुक्तानी गर्न सजिला ेहुने विश्वास व्यक्त गरे । आइएमईका प्रतिनिधि सुभास तामाङ्गले आइएमई र मुथुत फाइनान्सको सहकार्यपछि भारतमा रहेका नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्लाभएको बताए । 

आइएमई लिमिटेड र मुथुत फाइनान्सबीच गत मङ्गसिरमा भएको रेमिटेन्स सम्झौता पत्रमा मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रबन्धक के. आर. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved