एनबी इन्स्योरेन्सको अध्यक्षमा 'आइएमई समूहका ब्याकबोन' हेमराज ढकाल चयन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2016 | 06:06:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एनबि इन्स्योरेन्सको अध्यक्षमा आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल चयन भएका छन। आइतबार बसेको संचालक समितिको बैठकले ढकाललाई सर्वसम्मतले एनबि इन्स्योरेन्सको अध्यक्षमा चयन गरेको हो।

नेपाल राष्ट्र बैंकको समस्याग्रस्त वित्तीय संस्थाको सुचिमा रहेको अरुण फाइनान्सलाई ब्युताएपछि त्यसको अध्यक्ष एनबि इन्स्योरेन्सका तत्कालिन अध्यक्ष अम्बिका प्रसाद पौडेल बनेपछि रिक्त एनबि इन्स्योरेन्सको अध्यक्षमा ढकाललाई चयन गरिएको हो। 

एनबि इन्स्योरेन्सको अध्यक्षको जिम्मेवारी पाएका ढकाललाई आइएमई समूहको ब्याकबोनको रुपमा लिइन्छ। मलेसियाबाट आइएमई समूहको नेतृत्त्वमा रहेर उल्लेख्य भूमिका निभाउदै आएका ढकाल केहि समय यता नेपाल भित्र बढी सक्रिय रहेका छन। 

बिगतमा एनबि समूहका कारण समस्याग्रस्त अवस्थामा पुगेको एनबि इन्स्योरेन्सलाई आइएमई समूहले टेकओभर गरेपछि राम्रोसंग कारोबार गर्न सक्ने अवस्थामा पुर्याएको छ। 

एनबि इन्स्योरेन्सले केहि समय अघि मात्रै १० बराबर ८ अर्थात ८० प्रतिशत हकप्रद बिक्रि गरि चुक्ता पुंजी चुक्ता पुंजी २७ करोड पुर्याएको छ । २०७३ मङ्सिर १७ मा दुई आर्थिक बर्षको बार्षिक साधारणसभाले पुंजी वृद्धि योजना अन्तर्गत ल्याइएको शतप्रतिशत हकप्रद प्रस्ताब पारित गरेको छ। कम्पनीले यसै बर्ष शतप्रतिशत हकप्रद बिक्रि गर्दै चुक्ता पुंजी ५४ करोड पुर्याउने भएको छ। 

एनबि इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड २२ लाख रुपैंया प्रिमियम संकलन गरेको छ भने यस अवधिमा १ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। त्यस्तै माघ १६ सम्म कम्पनीले २४ करोड रुपैंया बीमा शुल्क आर्जन गरी विभिन्न बैंक तथा वित्तीय संस्थामा ३२ करोड रुपैंया मुद्धती लगानी गरेको छ। कम्पनीका अहिले १७ वटा शाखा कार्यालय, पाँच वटा सम्पर्क र आठवटा सेवा काउण्टर मार्फत बिमा सेवा प्रदान गर्दै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved