नयाँ बर्षको दिन घट्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2017 | 11:58:13 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रति तोला ५३ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले घटेर  प्रति तोला ५२ हजार  ७ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२  हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी तोलामा १० रुपियाँले घटेर ७ सय  ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 नेपाल सुनचाँदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार १  सय ८०  रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ९ सय ८५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४७ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved