कंक्रिट सडक बनाउने योजनाबाट किन पछि हट्यो सरकार ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 12, 2020 | 03:47:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सडकमा अलकत्राको सट्टा कंक्रिट सडक निर्माणलाई प्रथमिकता दिने भनिएको करिब एक वर्ष भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको सुरुमा नै कंक्रिट सडकको अवधारणा अघि सारेको थियो । विदेशी अलकत्रा प्रयोग गरेर कालोपत्रे गरिएका सडक कम टिकाउ हुने भएकाले यस्तो अवधारण अघि सारिएको थियो । 

यो वर्ष सय मिटर पनि बनेन 

नेपालमा हाल कुल ९० हजार किलोमिटर सडक छ । देशभर खोलिएका ट्र्याक कुल ९० हजार किलोमिटर भएपनि केन्द्र सरकार मातहतमा जम्मा १५ हजार किलोमिटर सडक मात्रै छ । बाँकी सडक प्रदेश सरकार र स्थानीय तहको क्षेत्राधिकार भित्र छन् । तर चालु आर्थिक वर्ष भने सडक विभागको रातो किताबमा प्रदेश र स्थानीय तह मातहतका सडक पनि भएकाले तीनको मर्मत सम्भारको काम केन्द्र सरकारले नै गर्दैछ । 

भूगोल र मौसमलाई केन्द्रमा राखेर कंक्रिट सडकको उपयोगिता र सम्भाव्यताबारे अध्ययन गर्ने भनिएपनि हालसम्म कुनै प्रगति भएको छैन । विभागका उपमहानिर्देशकसमेत रहेका योजना तथा अनुगमन महाशाखाका प्रमुख शिवहरि सापकोटाका अनुसार विदेशका धेरैजसो सडकमा अलकत्राको सट्टा सिमेन्ट प्रयोग हुने गरेको भएपनि नेपालका लागि कत्तिको उपर्युक्त हुन्छ भनेर अध्ययन भएपछि मात्रै प्रयोगको टुंगो लाग्ने भनिएपनि हालसम्म अध्ययन नै भएन । 

‘काठमडौँका रिङरोड र अरु ठूला राजमार्गलाई पूरै कंक्रिट पेमेन्टमा लैजाने भन्ने हाम्रो अवधारण, योजना नै छैन’ उपमहानिर्देशक सापकोटाले भने, ‘बढी घुम्ती भएको ठाउँ र ग्रेड हाई भएको ठाउँलाई लोकेट गरेर कतै एक सय, कतै दुई सय र कतै तीन सय मिटरसम्म कंक्रिट गरिएको छ ।’ 

नेपालका पुलमा भने ढलान गर्दा कंक्रिट प्रयोग गरिँदै आईएको छ । पुलबाहेक ४ किलोमिटर सडक मात्रै कंक्रिटले बनेका छन् । यो कुल सडकको जम्मा ०.००४ प्रतिशत हो । चालु वर्षमा त एक सय मिटर पनि कंक्रिट सडक थपिएको छैन ।

‘हामीले यति नै सडक कंक्रिट पेमेन्टमा बनायौँ भन्ने त्थयांक त छैन’ सापकोटाले भने, ‘जानकारी राख्न अध्ययन गर्ने कुरा त होला, तर अहिले नै हामी रोड ट्रान्पोर्टेशनमा कंक्रिट पेमेन्टमा गइहाल्ने योजनामा छैनौ ।’ 

उनले नौबिसे–नागढुंगा सडक खण्डको केही केही भागमा कंक्रिट प्रयोग गरिएको पनि बताए । ‘यो खण्ड १६ किलोमिटरको हो’ उनले भने, ‘यसमा कतै कतै कमिङ लेनमा घुम्तीहरु भएको ठाउँमा कंक्रिट राखिएको छ ।’ 

सामान बोकेर हेभि गाडीहरु आउने भएकाले ‘कमिङ लेन’मा सडक चाडै नबिग्रियोस् भनेर कंक्रिट प्रयोग गरिएको हो । चालु आर्थिक वर्षको सुरुदेखि नै कंक्रिट सडकको बारेमा बहस तथा छलफल भएपनि कहसले औपचारिकता भने गत माघ अन्तिमबाट मात्रै पाएको थियो । 

तत्काल असम्भव

सडक विभागले तत्कालै कंक्रिट सडकको अवधारणा कार्यान्वयनमा जान असम्भव देखिएको बताएको छ । खर्च धेरै लाग्ने भएकाले तत्काल असम्भव नदेखिएपनि नेपालको पहाडी भेगका सडकमा अलकत्राको ठाउँमा कंक्रिट उपर्युक्त हुने इन्जिनियरहरुको बुझाई छ । 

सडक विभागको सडक सुरक्षा शाखाका इन्जिनियर कालोपत्रे सडकको आयु अधिकतम १५ वर्ष हुने तर कंक्रिट सडकको आयु ३० देखि ४० वर्षसम्म हुने बताउँछन् । तर, १ किलोमिटर कालोपत्रे सडक निर्माण गर्न २ देखि ५ करोड रुपैयाँसम्म खर्च हुने भएपनि कंक्रिट प्रयोग गरेर १ किलोमिटर सडक बनाउँदा ५ देखि ७ करोडसम्म खर्च हुने छ । 

नेपाल सिमेन्ट उत्पादक संघले उत्पादित सिमेन्ट निर्यातको कुनै नीति नरहेको र खपतको पनि नीति नबन्दा क्षमताभन्दा कम सिमेन्ट उत्पादन गर्नुपरेको बताएको छ । अहिले नेपालमा सञ्चालित उद्योगले वार्षिक १४० लाख टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्ने भएपनि हाल १२० लाख टन मात्रै खपत भईरहेको छ । 

यसअघिः

अलकत्राको सट्टा कंक्रिट सडकः व्यवसायी खुशी, सरकार भन्छ,‘मूल्य घटाउ’


‘कंक्रिट सडकले व्यापार घाटा घटाउँछ’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved