आज पनि घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदै छ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 26, 2017 | 09:53:42 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन बिहिबार दुवै खाले छापावाल सुनको मूल्य घटेको छ । बुधबार प्रति तोला ५५ हजार ३  सयमा कारोबार भएको  ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा ३  सयले घटेर प्रति तोला ५५ हजारमा कारोबार भई रहेको छ । त्यस्तै ९९ दशमलव ५० प्रतिशतको सुन पनि तोलामा ३  सयले घटेर प्रति तोला ५५४  हजार ७ सयमा कारोबार भई रहेको छ । 

चाँदी  तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ९०  मा कारोबार भई रहेको छ  ।  

नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज बिहिबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार १  सय ५५  रुपियाँ तोकेको छ भने प्रति १० ग्राम ९९ दशमलव ५० प्रतिशतको सुनको मूल्य ४६ हजार ८  सय ९५ रुपियाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ७७  रुपियाँ तोकेको छ । 

गत हप्ता देखि बजारमा २ थरि छापावाल सुन कारोबारमा आएको हो । गुणस्तरका आधारमा छापावाल सुनको भाऊ दुई थरी कायम गरिएको हो। हालसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार हुने गरेकोमा गत हप्तादेखि एनआईसी एसिया बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रीका लागि खुला गरेकाले बजार भाऊ दुई थरी कायम गरिएको हो ।  ९९ दशमलव ५० प्रतिशत भन्दा ९९ दशमलव ९९ प्रतिशतको सुनमा आधा प्रतिशतको गुणस्तर फरक हुने गर्दछ। 

बैंकहरुले व्यवसायीहरुलाई ९९ दशमलव ९९ प्रतिशतको सुन उपलब्ध गराएको भएपनि ग्राहकहरुले राम्रोसंग नबुझ्ने बेलासम्म कारोबार गर्न केहि दिन अन्यौल हुने सुन व्यवसायीहरुले बताएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved