नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगत समूहको उपाध्यक्ष पदमा पाण्डेको उम्मेद्वारी घोषणा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2017 | 01:17:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ नेतृत्त्वका लागि चैत अन्तिम साता हुने नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगत समूहको उपाध्यक्ष पदमा शंकर पाण्डेले उम्मेद्वारी घोषणा गरेका छन। किशोर प्रधानको समूहको तर्फबाट पाण्डेले शनिबार होटल र्याडिसनमा एक कार्यक्रम मार्फत उम्मेद्वारी घोषणा गरेका हुन। 

पाण्डेको उम्मेद्वारी घोषणा कार्यक्रममा वरिष्ट उपाध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका किशोर प्रधान, महासंघमा पूर्व अध्यक्षहरु सुरज बैद्य, कुशकुमार जोशी, विनोद बहादुर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारसहित विभिन्न बस्तुगत संघको पदाधिकारीहरुको उपस्थिति थियो। 

उम्मेद्वारी घोषणा कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष बैद्य, पुर्व वरिष्ट उपाध्यक्ष जोशी, श्रेष्ठ,राजकर्णिकार  लगायतकाले महासंघमा बसेर लामो समय काम गरेको अनुभब र नेपाली पश्मिनालाई विश्व बजारमा ब्राण्डिङ गर्नेतर्फ उल्लेख्य काम गरेका पाण्डेलाई जिताउन सहयोग गर्न आग्रह गरे। 

प्रधान समूह तर्फबाट जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् भने एशोसिएटतर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा भने हुन बाँकी नै छ।

केही समय अघि उद्योग वाणिज्य महासंघको बिधान संसोधन गरि वरिष्ठ उपाध्यक्ष स्वत:अध्यक्ष बन्ने प्राबधान बनाइएको छ। यस कारण पनि यस पटकको नयाँ नेतृत्त्वका लागि हुने चुनाबमा वरिष्ठ उपाध्यक्ष पदमा बिशेष आकर्षण बढेको हो। अहिले वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुने स्वत: अध्यक्ष हुने छन। वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानको प्रतिस्पर्धीमा शेखर गोल्छा रहेका छन। 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved